ठाउँठाउँमा खसेको पहिरोले रानीमहल घुम्न गएका यात्रु अलपत्र

अविरल वर्षासँगै खसेको पहिरोले पर्यटकीयस्थल रानीमहल पुगेका २ सय बढी आन्तरिक पर्यटक अलपत्र  परेका छन् । तानसेनदेखि रानीमहल पुग्ने सडकको ठाउँठाउँमा पहिरो खसेको स्थानीय रिसोर्ट सञ्चालक सुशील कुँवरले जानकारी दिए । उनीहरु दुवैतर्फ पहिरो गएपछि सडकमै फसेका छन् ।