प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस भएको छ । एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् ।
बैठक चलिरहँदा नेपाल पक्षका केही सांसदले देउवालाई विश्वासको मत नदिने भन्दै बाहिरिएपनि उनी पक्षका अरु सांसदले भने फ्लोर क्रस गरेका हुन् ।
स्वयम् नेपाल विश्वासको पक्षमा मत दिने ठाउँमा देखिएका छन् । एमालेका कति सांसदले फ्लोर क्रस गरे भन्ने विवरण प्राप्त भइसकेको छैन।