फ्लोर क्रस होइन, पार्टी निर्णय कार्यान्वयन गरेका हौँ- प्रकाश ज्वाला

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर कारबाहीमा परेका एमालेका पूर्व सांसद प्रकाश ज्वालाले आफूहरूले फ्लोर क्रस नभएर पार्टीको निर्णयलाई कार्यान्वयन गरेको बताएका छन्।

सम्बन्धित सामग्री

कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला एसको प्रदेश इन्चार्ज

काठमाडौं, ३१ असोज । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन प्रकाश ज्वालाले महत्वपूर्ण भूमिका खेलेका थिए । उनकै नेतृत्वमा तत्कालीन नेकपा एमालेका प्रदेश सांसदहरुले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमा पहिलोपटक फ्लोर क्रसको घटना रोचक तरिकाल घट्यो । त्यसपछि नेकपा एमालेले कारबाही गरेर ज्वाला सांसदबाटै पदमुक्त […]

पार्टी कब्जा गर्ने षड्यन्त्र चिर्न फ्लोर क्रस : प्रकाश ज्वाला

२१ वैशाख, सुर्खेत । नेकपा एमालेका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशको फ्लोर क्रस सत्य र निष्ठाका लागि गरिएको विद्रोह भएको दाबी गरेका छन् । वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ज्वालाले १७ दिनपछि एक अपील जारी गर्दै केपी शर्मा ओली समूहको गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति चिर्न फ्लोर क्रस गरिएको […]

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त

काठमाडाैं : फ्लोर क्रस गर्ने नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त भएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना पढेर सुनाएका थिए।शाहीले माधव नेपाल समूहका चार जना सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पदमुक्त गरेको जानकारी दिए। उनीहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए।आइतबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले चार जना सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पेश गरेका

फ्लोर क्रस गर्ने चार सांसदको सांसद पद रिक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसदको पद रिक्त भएको छ । प्रदेशसभा नियमावली दफा १९१ बमोजिम सातौ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि सांसद प्रकाश ज्वाला, कु...

फ्लोर क्रस गर्ने कर्णालीका सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता

१२ वैशाख, सुर्खेत । फ्लोर क्रस गर्ने कर्णालीका चार प्रदेश सभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ । फ्लोर क्रस गरेका एमालेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनिहरुले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी माओवादी केन्द्रका मुख्यमन्त्री […]

को हुन् प्रकाश ज्वाला

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशमा आज भएको घटनाले देशको राजनीतिलाई तरंगित बनाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ४ जना प्रदेश सभा सांसदले फ्लोर क्रस गरे । ती मध्ये मुख्य थिए प्रकाश ज्वाला । सल्यानका ज्वाला पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकट हुन् । उनले नेपाललाई कठिन परिस्थितिमा साथ दिदै आएका छन् […]

फ्लोर क्रस : नेपालको संसदीय अभ्यासमा पहिलो घटना

३ वैशाख, काठमाडौं । संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ का घटना विरलै हुने गर्दछन् । तर यस्तै विरलै घटना शुक्रबार नेपालको कर्णाली प्रदेशसभामा देखियो । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप विपरीत ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर […]

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

काठमाडौं : ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको हो।शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो।एमाले प्रमुख सचेतक गुलावजंग शाहले दलको बैठकले चार सांसदको पार्टी साधारण सदस्य नरह

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि कारवाहीको सिफारिस

काठमाडौं ।  कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्यता नरहने गरि हटाउन सिफारिस भएको छ। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई  नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो ।दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने हटाउन सिफारिस भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले रात