नेपाली पर्यटनको अन्तर्राष्ट्रिय लक्ष्य चुनौतिपूर्ण

काठमाडौँ : दुई वर्ष पहिले नै सरकारले २० लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल ल्याउने घोषणा गरेको थियो । तर कोभिड महामारी लगायत कठिन परिस्थितीमा त्यो लक्ष्य पूरा हुन सकेन । उल्टै नेपालको अन्तर्राष्ट्रिय पर्यटन अभियान नै रोकिन पुग्यो । कोभिडले थलिएको पर्यटन क्षेत्र पछिल्लो केही महिनादेखि उठ्ने प्रयासमा छन् । दुई वर्ष ठप्प भएको पर्यटन क्षेत्र […]

सम्बन्धित सामग्री

अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन् ।तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको बताए । “देशलाई सुशासन आवश्यक छ, भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ”, नेता पौडेलले भने, “कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस

कराेडौँ रुपैयाँ लगानीमा निर्माण गरिएकाे पार्क झाडीमा परिणत हुँदै

रौतहट - करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका-२ मा रहेकाे शहीद स्मृति पार्क अहिले झाडीमा परिणत भएकाे छ ।  संरक्षण र प्रवर्द्धनको अभावमा याे पार्क र त्यहाँका संरचनाहरु दिनानुदिन जीर्ण हुँदै गइरहेका हुन् । पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सीमित भएको छ । वनटोल महिला सामुदायिक वनको करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको ‘शहीद स्मृति पार्क’ अहिले झाडीले ढाकिएको छ । पार्कका घुम्ने ठाउँमा जताजतै झाडी र फोहर हु...

करोडौं लगानीमा बनाइएको पार्क अस्तव्यस्त

करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ ।संरक्षण र प्रवद्र्धनको अभावमा सो पार्क र त्यहाँका संरचनाहरु दिनानुदिन जीर्ण हँुदै गइरहेका हुन् । पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सिमित भएको छ । वनटोल महिला सामुदायिक वनको […]

झण्डै  पाँच करोडको लागतमा पर्यटन पदमार्ग बन्दै

सोलुखुम्बु – पर्यटनको राम्रै गन्तव्यका रुपमा रहेको सोलुखुम्बुको सोलु-दूधकुण्ड नगरपालिकामा झण्डै पाँच करोड रुपैयाँको लागतमा पर्यटन पदमार्ग बन्ने भएको छ । पर्यटन-पूर्वाधार विकासका लागि नगरपालिकाको पहलमा पर्यटन विभागबाट पिकेडाँडा हुँदै दूधकुण्ड पोखरीसम्मको पर्यटक पदमार्ग निर्माणका लागि चार करोड ७७ लाख रुपैयाँ प्राप्त भएसँगै काम सुरु भएकाे छ । पिकेडाँडा–जुनबेसी–मोपुङ–थुप्तेन छोलिङ गुम्बा–सर्सवेनी–टाक्सिन्दु जोड्ने लक्ष्य राखिएको पदमार्गको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिक...

दलका घोषणापत्र कति पर्यटनमैत्री ?, कसको प्रतिवद्धता कस्ता ?

मौलिक कला, संस्कृति र पर्यटनबाट समृद्धिको अवधारणा ल्याएको नेकपा (एमाले)ले तिनको जगेर्ना गर्दै स्थानीय पहिचानका क्षेत्रलाई अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत रोजगारी र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

बंगलाचुली पार्कतर्फ आन्तरिक पर्यटनको आकर्षण बढ्दै

साउन ४, दाङ । पछिल्लो चरणमा दाङको विभिन्न ठाउँहरुमा विभिन्न पार्कहरु सञ्चालन गर्दै आन्तरिक पर्यटन विकासको थालनी गरिएको छ । यसैको उदाहरणीय बनेको छ दाङको बंगदाचुली गाउँपालिकाले बनाएको ‘बंगलाचुली पार्क’ । बंगलाचुली गाउँपलिका वडा नं. ५ को पुरानो बजार मुर्कुटीदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रुपमा विकास गरिएको छ । करीब २५० रोपनी क्षेत्रफलमा गाउँपालिकाले पार्क निर्माण गरेको हो । सामुदायिक वन क्षेत्रको रुपमा रहेको यो क्षेत्रफललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि बृहत योजनका साथ अघि बढाइएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । ‘यस क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘केही भौतिक संरचना बनिसकेका छन् भने केही बन्दैछन् ।’ पार्कस्थलमा अहिले रू. १ करोड २६ लाखको लगानीमा आधुनिक भ्यू–टावर निर्माण भइरहेको छ । निर्माणको जिम्मा पाएको अम्बे निर्माण सेवा कम्पनीले भ्यू–टावर निर्माणको लागि २०७८ को असार मसान्तसम्म निर्माण गरिसक्ने सम्झौता छ । यो सँगै भ्यू–टावरको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । भ्यू–टावर सञ्चालनमा आएपछि भारतका विभिन्न ठाउँ, प्युठानको स्वर्गद्वारी मन्दिर, विभिन्न हिमालहरु लगायत दाङ उपत्यकाको सहजै अवलोकन गर्न सकिनेछ ।  त्यसैगरी पार्कस्थलमा प्रतिक्षालय, नाचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र हिँडडुल गर्नका लागि पक्की बाटोलगायतका विभिन्न संरचनाहरु निर्माण सम्पन्न भइसकेको गाउँपालिकाले बताएको छ ।  यी संरचना निर्माणका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालयमार्फत गतवर्ष रू. ५० लाख र यस वर्षमा २० लाख गरी रू. ७० लाख लगानी गरिएको छ । त्यस्तै गाउँपालिकाले पनि २० लाख र पर्यटन बोर्ड भैरहवाले ५ लाख लगानी गरेको अध्यक्ष वलीले जानकारी दिएका छन् । विभिन्न क्षेत्रबाट करोडौंको लगानी भएपनि धेरै संरचना बनाउन अझै बाँकी रहेको त्यसलाई निरन्तरता दिदै लैजाने उनको भनाइ छ । अहिले सो क्षेत्र आन्तरिक पर्यटनकको आकर्षणको केन्द्रविन्दु बनेको छ । पार्कमा दिनदिनै घुम्न र अवलोकन गर्न आउनेहरुको लर्काे हुन्छ ।  जिल्लाको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिका, त्यसको पनि सुदूरपूर्व प्यूठान र दाङको सीमा क्षेत्र जिल्ला सदरमुकाम घोराहीदेखि ३२ किलोमिटरको दूरीमा छ । हराभरा जंगल, चिसो हावापानी, उत्तरतिर देखिने प्यूठानको पवित्र धार्मिक स्थल स्वर्गद्वारी र हिमालसँगै दक्षिणतिर नेपालका तराईदेखि भारतसम्मका फाँटसम्म देख्न पाइन्छ ।  १५ करोड लगानीमा ‘फनपार्क’  करीब रू. १५ करोड लगानीमा दाङको घोराहीमा ‘फनपार्क’ सञ्चालनमा आएको छ । दाङ फर्न भ्याली प्रा.लि.ले घोराही उपमहानगरपालिका वडा नं. १० अम्राईमा फनपार्क सञ्चालनमा ल्याएको हो ।  झण्डै तीन वर्षपछि निर्माणको काम सम्पन्न गरी फनपार्क सञ्चालन गर्न सफल भएको प्रालिका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । ‘करीब ३ वर्षको मिहनेतपछि पार्क सञ्चालन गर्न सफल भएका छौं’, उनले भने, ‘अहिले सबैको आकर्षकणको विन्दु बनेको छ ।’ झण्डै ३ विगाह ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा होटल, बालउद्यान, गेष्ट रुम, पाटी प्यालेस, रेष्टुरेण्ट, इन्डोर गेम, लाइज जिम, व्याडमिनटन कोट, वाटर पार्क, प्रतियोगीता गराउन मिल्ने स्वीमिङ पुललगायको व्यवस्था छ । जिल्लाको सदरमुकाम घोराहीदेखि नजिकै भएकाले अहिले फनपार्क सबैको आकर्षकको केन्द्र बनेको छ । विदाको दिनमा आन्तरिक पर्यटकहरुलाई घुम्न घामका लागि राम्रो स्थल बनेको छ । ‘बजारको नजिक भएर पनि होला, विशेष गरी विदाको समयमा यहाँ मानिसहरुको भिड बढी हुन्छ’, महाप्रबन्धक श्रेष्ठले भने । फनपार्कमा श्रेष्ठसहित ११ जनाको लगानी रहेको छ ।

बुद्धिष्ट सर्किट पर्यटन : तीन लाख पर्यटकको लक्ष्य

धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित बुद्धिष्ट सर्किट नामक पर्यटन भ्रमण योजना सार्वजनिक गरिएको छ । नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गरी ल्याइएको यस योजनामा पर्यटकलाई बुद्धको जीवनका महत्वपूर्ण पक्षहरू जोडिएका नेपाल तथा भारतका विभिन्न स्थानको भ्रमण गराइने छ । ‘नेपालमा धेरै वर्ष अघिदेखि बुद्धिष्ट पर्यटनको प्रवद्र्धनमा व्यवसायीले आवाज उठाउँदै आए पनि सरकारले यसमा पहल गर्नसकेको थिएन । अहिले लामो गृहकार्यपछि योजना सार्वजनिक गरिएको छ,’ पर्यटन व्यवसायी तथा हिमालय एक्सपिडिसनका संस्थापक विक्रम पाण्डेले बताए । उक्त भ्रमण लुम्बिनीबाट शुरू भई कुशीनगर, सारनाथ, बोधगया, वैशाली हुँदै लुम्बिनीमा आएर टुंगिने बताइएको छ । नौ दिने उक्त भ्रमण प्याकेजको नाम इनलाइटमेन्ट एक्सप्रेस राखिएको छ । यसबाट नेपाली पर्यटनमा ठूलो योगदान पुग्ने पाण्डेले बताए । उनका अनुसार सर्किटको माध्यमबाट प्रतिवर्ष ३ लाख पर्यटक नेपाल भित्र्याउन सकिनेछ । यो यात्रामा आउने पर्यटकमध्ये कम्तीमा १ लाखले एक दिनमात्रै लुम्बिनीमा बिताउँदा पनि प्रतिपर्यटक ३० डलरका हिसाले ३० लाख डलर आम्दानी गर्न सकिने पाण्डे बताउँछन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले बुद्धिष्ट सर्किट नेपाली पर्यटनमा नयाँ र उपयुक्त प्रडक्ट बन्ने विश्वास व्यक्त गरे । बोर्डले गर्ने पर्यटकीय योजनाको प्रवर्द्धन र मार्केटिङमा बुद्धिष्ट सर्किटलाई समेत समेट्ने छौं,’ श्रेष्ठले भने ।  वर्ष ५, अंक ४३, २०६७, असार १४– २०

भ्रमण वर्ष र नेपाली पर्यटन

निनाम लोवात्ती कुलुङ       हो, नेपालमा पर्यटनको कुरो गर्दा हामीले सन् २०२५ सम्ममा २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएका...