पहिलो पब्लिक ट्राभल्स एजेन्सिको रुपमा गुरु ट्राभल्स सञ्चालनमा, आईपिओ जारी गर्ने लक्ष्य

नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने र नेपालीलाई विदेश भ्रमणको प्रबन्धन गर्ने लक्ष्यका साथ गुरु ट्राभल्स लिमिटेड संचालनमा आएको छ । पहिलो पब्लिक लिमिटेड ट्राभल्स कम्पनी दाबी गरिएको ट्राभल्सले नेपालको पर्यटनलाई अझै सबल बनाउँदै पर्यटनको लाभ आम नेपालीसम्म पु¥याउने लक्ष्य लिएको छ । काठमाडौँको दरबारमा कार्यालय रहेको उक्त ट्राभल्सको कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् । बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने र नेपालीहरुका लागि बाह्य भ्रमण प्रबन्धन गर्ने लक्ष्यका साथ ट्राभल स्थापना गरिएको कम्पनीका अध्यक्ष विज्ञानराज शर्माले बताए । नेपालको पर्यटनमा ‘वान विन्डो सर्भिस’ उपलब्ध गराउने उद्देश्यका साथ स्थापित ट्राभल्समा ६० भन्दा बढी उद्यमी व्यवसायीको प्राथमिक लगानी रहेको छ । आगामी तीन वर्षभित्र सर्वसाधरणका लागि आइपियोमार्फत शेयर खुल्ला गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी रु १० करोड रहेको छ । सर्वसाधरण नेपालीका लागि पर्यटनमा पहुँच पु¥याई दीर्घकालीन रुपमा सबै नेपाली भूभागको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य ट्राभलको रहेको छ । सुरुआती चरणमा कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, होटल बुकिङदेखि ट्राभल र टुर प्याकेज बिक्रीको कार्य गर्ने जनाएको छ । भविष्यमा नेपाल भित्रने चेन होटल, यातायात प्रणाली तथा विदेशी हवाई कम्पनीको जनरल सेल्स एजेन्ट बन्ने लक्ष्य रहेको छ । सर्वोच्च शिखर सगरमाथा एवम् लुम्बिनीलाई विश्वभर प्रवद्र्धन गरी नयाँनयाँ गन्तव्यहरु विकसित गर्दै जाने कम्पनीको योजना छ ।