बुद्धिष्ट सर्किट पर्यटन : तीन लाख पर्यटकको लक्ष्य

धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित बुद्धिष्ट सर्किट नामक पर्यटन भ्रमण योजना सार्वजनिक गरिएको छ । नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गरी ल्याइएको यस योजनामा पर्यटकलाई बुद्धको जीवनका महत्वपूर्ण पक्षहरू जोडिएका नेपाल तथा भारतका विभिन्न स्थानको भ्रमण गराइने छ । ‘नेपालमा धेरै वर्ष अघिदेखि बुद्धिष्ट पर्यटनको प्रवद्र्धनमा व्यवसायीले आवाज उठाउँदै आए पनि सरकारले यसमा पहल गर्नसकेको थिएन । अहिले लामो गृहकार्यपछि योजना सार्वजनिक गरिएको छ,’ पर्यटन व्यवसायी तथा हिमालय एक्सपिडिसनका संस्थापक विक्रम पाण्डेले बताए । उक्त भ्रमण लुम्बिनीबाट शुरू भई कुशीनगर, सारनाथ, बोधगया, वैशाली हुँदै लुम्बिनीमा आएर टुंगिने बताइएको छ । नौ दिने उक्त भ्रमण प्याकेजको नाम इनलाइटमेन्ट एक्सप्रेस राखिएको छ । यसबाट नेपाली पर्यटनमा ठूलो योगदान पुग्ने पाण्डेले बताए । उनका अनुसार सर्किटको माध्यमबाट प्रतिवर्ष ३ लाख पर्यटक नेपाल भित्र्याउन सकिनेछ । यो यात्रामा आउने पर्यटकमध्ये कम्तीमा १ लाखले एक दिनमात्रै लुम्बिनीमा बिताउँदा पनि प्रतिपर्यटक ३० डलरका हिसाले ३० लाख डलर आम्दानी गर्न सकिने पाण्डे बताउँछन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले बुद्धिष्ट सर्किट नेपाली पर्यटनमा नयाँ र उपयुक्त प्रडक्ट बन्ने विश्वास व्यक्त गरे । बोर्डले गर्ने पर्यटकीय योजनाको प्रवर्द्धन र मार्केटिङमा बुद्धिष्ट सर्किटलाई समेत समेट्ने छौं,’ श्रेष्ठले भने ।  वर्ष ५, अंक ४३, २०६७, असार १४– २०

सम्बन्धित सामग्री

एक वर्षभित्र १० लाख पर्यटक नेपालमा भित्र्याउन सकिन्छ : पर्यटन सचिव

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र देशमा १० लाख पर्यटक भित्र्याउन सकिने दावी गर्नु भएको छ ।  सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीले बताउनुभयाे । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा पर्यटकहरुलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पार्नु भयो । सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा...

एक वर्षभित्र १० लाख पर्यटक भित्र्याउने दाबी

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्ष भित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने दाबी गर्नु भएको छ । सरकारले आगामी सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीको भनाइ थियो । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै […]

वार्षिक एक लाख पर्यटक नेपाल पठाउने मलेसियाका पर्यटनमन्त्रीको घोषणा

काठमाडौँ : मलेसियाबाट अब नेपालमा वार्षिक एक लाख पर्यटक आउने भएका छन् । बुधबार मलेसियामा नेपाल पर्यटन बोर्ड र त्यहाँको केके सुपरमार्टसँग सम्झौतका क्रममा मलेसियाका पर्यटनमन्त्री वाइबी डाटो सेरिटिङ किङ सिङले अब मलेसियाबाट वार्षिक एक लाख पर्यटक नेपाल आउने घोषणा गरेका हुन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत सीइओ डा.धनन्जय रेग्मीका अनुसार मलेसियाका पर्यटनमन्त्री किङ सिङले […]

श्रीलंकामा एक महिनामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

१ असार, काठमाडौं । श्रीलंकामा आगामी महिना करिब ८ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । जुलाईमा छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ८ लाख पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन् । श्रीलंका पर्यटन विकास प्राधिकरणले आर्थिक सङ्कट न्युनिकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले […]

आउँदाे वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाण्डौ – सरकारले आउँदाे वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गर्नुभएको आउँदो आर्थिक वर्षको बजेटमा यस्तो उल्लेख गरिएकाे हो । उहाँले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गरिने बताउनुभयो । अर्थमन्त्री शर्माले उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकार...

आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने

काठमाडौं । सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गर्नुभएको हो । उहाँले पालको विशष्टिता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गरिने […]

आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा

काठमाडौँ – सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले थप १० लाख पर्यटक भित्र्याउने गरी आर्थिक वर्ष २०७९/८० मा समग्र पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ रुपैयाँ बजेट विनियोजना गरेको बताएका छन्। आइतबार बजेट भाषणका क्रममा उनले नयाँ पुस्तालाई नेपाल भ्रमणमा आकर्षण गर्ने गरी अभियान चलाइने, […]

आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा

काठमाडौँ- सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले थप १० लाख पर्यटक भित्र्याउने गरी आर्थिक वर्ष २०७९/८० मा समग्र पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ करोड बजेट विनियोजन गरेको बताएका छन् । आइतबार बजेट भाषणका क्रममा उनले नयाँ पुस्तालाई नेपाल भ्रमणमा आकर्षण गर्ने गरी अभियान चलाइने, […]

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ । पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा ध्यान दिइने बजेटमा उल्लेख छ । हिल […]