नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो । जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले बताए । कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छाडेको र यसपटक स्याङ्जास्थित काली र कोसी नदीमा पनि माछाका भुरा छाड्ने योजना रहेको यादवले बताउनुभयो । यस