स्याङ्जाको आँधी खोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधी खोलामा एक लाख माछाका भुरा छाडेको छ । गाउँपालिकाले कालीगण्डकी माछा प्रजनन केन्द्रबाट भुरा ल्याएर आँधी खोलाका विभिन्न १० ठाउँमा छोडेको हो । आँधी खोलामा माछाको उत्पादन घटेकाले वातावरणीय प्रभाव सन्तुलन बिग्रने भएकाले भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट र विषादी प्रयोगको कारणले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधी खोला गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले बताए