यसै हप्ताको सुरुमा नयाँ अर्थ मन्त्री नियुक्त भइ २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको छ ।उहाँलाई गएको सोमवार राष्ट्रपति गोटाबाय राजपाक्षले अर्थ मन्त्री नियुक्त गर्नुभएको थियो भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेस गर्नुभएको थियो । राष्ट्रपतिबाट उहाँको राजीनामा स्वीकृत भएको थिएन । सबारीले आज शुक्रवार संसदमा बोल्दै अर्थ मन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।अरू कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र रा...