काठमाडौं : अर्थ मन्त्रालयको आधिकारिक ‘वेबसाइट’मा अर्थ सचिवको पद खाली गराइएको छ।बिदामा गएका अर्थसचिव मधुकुमार मरासिनीको नाम र तस्वीर मन्त्रालयको आधिकारीक वेबसाइटबाट हटाएको हो।मरासिनिलाई हटाउने वा सरुवा गर्ने कुनै निर्णय भने भइ नसकेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा विचौलिया प्रवेशको विषयमा विवादमा आएपछि बुधबार प्रतिनिधिसभा बैठकबाट राजीनामाको घोषणा गरेका थिए। अर्थमन्त्रीले राजीनामा