सिटिजन्स बैंकका ६ प्रिभिलेज काउन्टर

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७ औं वार्षिकोत्सवका अवसरमा ‘सिटिजन्स स्मार्ट बचत खाता’ लाई १७ थरी आकर्षक सुविधा थप गरी नयाँ योजना सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको थप प्रिभिलेज काउन्टर विस्तार

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकलाई विशिष्टीकृत  सेवा उपलब्ध गराउने  उद्देश्यले गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटीपथ, काठमाडौं तथा कमलादी, लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर, बिर्तामोड शाखा र प्रदेश २ को  राजविराज शाखामा प्रिभिलेज काउन्टरबाट ग्राहकलाई विशेष बैंकिङ्ग सेवा दिँदै आएको थियो । आगामी दिनमा अन्य प्रदेशमा समेत यस्ता थप विशेष बैंकिङ सेवा विस्तार गर्ने योजना रहेको बैंकले बताएको छ । हाल बैंकले १७४ शाखा,  १२३ एटीएम र ९० शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सिटिजन्स बैंकद्वारा थप प्रिभिलेज काउन्टर विस्तार

पुस २७, काठमडौं । सिटिजन्स बैंकले गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले उक्त काउन्टर थप गरेको बैंकले बताएको छ ।   यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा कमलादी काठमाण्डौं, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं. १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को  राजविराज शाखामा मा रहेको प्रिभिलेज काउन्टर बाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आईरहेको थियो ।  साथै, आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका १७४ ओटा शाखा,  १२३  ओटा ए.टि.एम र ९० ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर विस्तार

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकलाई छिटोछरितो  झन्झटमुक्त र विशिष्टीकृत  सेवा दिने उद्देश्यले थप चार स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर एवं बिर्तामोड शाखा र प्रदेश २ को  राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको हो । यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादी काठमाडौंमा रहेको प्रिभिलेज काउन्टरबाट ग्राहकलाई विशेष बैंकिङ सेवा दिँदै आएको थियो ।

कमलादीमा पनि सिटिजन्स बैंकको ‘प्रिभिलेज’ बैंकिङ सेवा

सिटिजन्स बैंकले काठमाडौंको कमलादीमा काउन्टर विस्तार गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउण्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।  अब कमलादीमा पनि आफ्नै भवनबाट विशेष बैंकिङ सेवा शुरू गरिएको बैंकले जनाएको छ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ११३ वटा शाखारहित बैंकिङ इकाईहरूबाट  बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।