नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको देउवाको ब्रिफिङ

सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका छन् । कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने– ‘अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ ।’ देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराउनुभएको थि...

सम्बन्धित सामग्री

लगानीको वातावरण सकारात्मक

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सिर्जना भएको बताउनुभएको छ । शुक्रबारदेखि आयोजना भएको ‘तेस्रो नेपाल पावर लाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी’ उद्घाटन गर्दै उहाँले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताउनुभएको हो । “दुई ठुला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको छ । नयाँ सरकारलाई नागरिकले समेत विश्वासमा लिएका छन् । यो सरकारले मुलुकमा लगानीको वातावरण सिर्जना गर्छ,” उहाँले भन्नुभयो । वर्तमान सरकारलाई आर्थिक हिसाबले मुलुकलाई अगाडि बढाउने जिम्मेवारी रहेको उहाँको भनाइ थियो । उहाँले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पहिचान पक्षधरसँगको वार्ता सकारात्मकः मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले पहिचावादीसँगको वार्ता सकारात्मक भएको बताएका छन्। पहिचानवादीसँगको वार्तालाई सरकारले सकारात्मक रुपमा लिएको भन्दै मुख्यमन्त्री कार्कीले वार्ताबाट प्रदेशमा शान्तिपूर्ण वातावरण बन्ने र समग्र विकास, समृद्धिको कामले तिव्रता पाउने बताए। सरकारतर्फबाट वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुले सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका […]

‘११ औं राष्ट्रिय खेलकुद मधेशमा आयोजना गर्न सरकार सकारात्मक’

सुनिल गाउँले/सिमरा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा आयोजनाका लागि सरकार सकारात्मक रहेको बताएका छन् । शनिबार सिमरामा जीतपुरसिमरा उपमहानगरपालिका र नवजनजागृती युवा क्लब सिमराले राखेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले मधेस प्रदेश सरकार र स्थानीय सरकारले अनुकुल वातावरण बनाए । मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ११ […] The post ‘११ औं राष्ट्रिय खेलकुद मधेशमा आयोजना गर्न सरकार सकारात्मक’ first appeared on Hamro Khelkud.

आत्मदाह र आत्महत्याका घटनाले निराशाको वातावरण सिर्जना

नेपाल उद्योग परिसङ्घले पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्मदाह/आत्महत्या गरेको दुःखद् घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको स्पष्ट पारेको छ । परिसङ्घले महिनौँदेखि शिथिल रहेको नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक प्रयास सुरु भएको अवस्थाका बीच पछिल्ला दिनमा घटेका घटनाले अर्थतन्त्रको विकास र …

निजी क्षेत्रको मनोबल उच्च राख्न आग्रह

काठमाडौं । पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्महत्या गरेको दुःखद् घटनाप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघले विज्ञप्ति जारी गर्दै यस्ता घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको जनाएको हो । महिनौंदेखि शिथिल रहेको नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन यतिबेला सरकार र निजीक्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक […]

छलफल सरकात्मक रुपमा अघि बढेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । पार्टीका सांसदहरुको खुमलटारमा भएको भेटघाटमा प्रचण्डले प्याकेजमा सहमति गरेर जाने विषयमा वातावरण बन्दै गएको बताएका हुन् । ‘राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय धेरै छैन । आज बेलुकासम्म सहमति गरी सक्नुपर्ने छ’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘शीर्ष तहमा छलफल सकारात्मक रुपमा अघि बढेको छ । प्याकेजमा सहमति गर्ने प्रयास हुन्छ ।’ प्रधानमन्त्री दिन कांग्रेस लच

वातावरण प्रदूषणप्रति बेलैमा सचेत हुन आवश्यक

खतराको तहसम्म नपुगेको भए तापनि काठमाडौं मात्र नभएर नेपालभर नै यसमा विभिन्न तहबाट न्यूनीकरणका उपाय नगरे खतराको तह पार गर्ने निश्चित छ । काठमाडौं एकपटक फेरि विश्वको समाचारमा आएको छ । यसपटक सकारात्मक समाचार नभएर नकारात्मक समाचारमा काठमाडौंको नाम आएको छ । काठमाडौं विश्वमा सबैभन्दा बढी प्रदूषणयुक्त सहर हुनु नेपाल सरकार तथा यसका नीति निर्माताहरूका […]

वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

भदौ २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार सकारात्मक रहेको बताएका छन् । लगानी बोर्ड नेपालको १० औं वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वदेशी पूँजीले मात्रै नेपालको विकास अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘म वैदेशिक लगानीका लागि सबै लगानीकर्ताहरुलाई आह्वान गर्न चाहन्छु,’ सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरूमा लगानीको वातावरण बनाउन पनि लगानी बोर्डलाई निर्देशन दिनुभयो । उहाँले नेपालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय प्राथमिकताका योजना र क्षेत्रहरुमा लगानी बढाउनुपर्ने पनि बताउनुभयो। ‘लगानीका लागि जहाँ अवरोधहरु छन्, तिनलाई सहजीकरण गर्न सरकार तयार छ’, उहाँले भन्नुभयो ।  कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीप्रतिको आकर्षण बढे पनि पर्याप्त विदेशी लगाउन भित्र्याउन नसकिएको बताए ।उनले लगानीसँगै त्यसको सुरक्षा लगानीकर्ताका लागि महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । विगतको भन्दा लगानीप्रतिको आकर्षण बढेको  भन्दै उनले हामीकहाँ सुरक्षासहितको लगानीको वातावरण बनाउनुपर्ने अवस्था रहेको बताए । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारले नेपालको विकासका लागि महत्वपूर्ण परियोजनालाई प्राथमिकता दिएको उल्लेख गर्दै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता मुलुकमा रहेको जानकारी दिइन् । उनले अहिले जम्मा १ हजार ३८३ मेगावाटमात्र उत्पादन भइरहेको बताइन् ।             उर्जामन्त्री भुसालले सरकारले २०३० भित्र कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको र जलविद्युत् क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेको जानकारी दिइन् ।    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सिमेन्ट र विद्युत् उत्पादनलाई बढावा दिइरहेको जानकारी गराउँदै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कार्य जारी रहेको बताए।             नेपाल लगानीमैत्री देश रहेको औंल्याउँदै उनले विभिन्न परियोजनामा विदेशी लगानीसहित काम भइरहेको जानकारी दिए ।

देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नया“ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका हुन् ।कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धत गर्दै भने – अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ । देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए ।