नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । पार्टीका सांसदहरुको खुमलटारमा भएको भेटघाटमा प्रचण्डले प्याकेजमा सहमति गरेर जाने विषयमा वातावरण बन्दै गएको बताएका हुन् । ‘राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय धेरै छैन । आज बेलुकासम्म सहमति गरी सक्नुपर्ने छ’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘शीर्ष तहमा छलफल सकारात्मक रुपमा अघि बढेको छ । प्याकेजमा सहमति गर्ने प्रयास हुन्छ ।’ प्रधानमन्त्री दिन कांग्रेस लच