वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

भदौ २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार सकारात्मक रहेको बताएका छन् । लगानी बोर्ड नेपालको १० औं वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वदेशी पूँजीले मात्रै नेपालको विकास अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘म वैदेशिक लगानीका लागि सबै लगानीकर्ताहरुलाई आह्वान गर्न चाहन्छु,’ सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरूमा लगानीको वातावरण बनाउन पनि लगानी बोर्डलाई निर्देशन दिनुभयो । उहाँले नेपालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय प्राथमिकताका योजना र क्षेत्रहरुमा लगानी बढाउनुपर्ने पनि बताउनुभयो। ‘लगानीका लागि जहाँ अवरोधहरु छन्, तिनलाई सहजीकरण गर्न सरकार तयार छ’, उहाँले भन्नुभयो ।  कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीप्रतिको आकर्षण बढे पनि पर्याप्त विदेशी लगाउन भित्र्याउन नसकिएको बताए ।उनले लगानीसँगै त्यसको सुरक्षा लगानीकर्ताका लागि महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । विगतको भन्दा लगानीप्रतिको आकर्षण बढेको  भन्दै उनले हामीकहाँ सुरक्षासहितको लगानीको वातावरण बनाउनुपर्ने अवस्था रहेको बताए । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारले नेपालको विकासका लागि महत्वपूर्ण परियोजनालाई प्राथमिकता दिएको उल्लेख गर्दै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता मुलुकमा रहेको जानकारी दिइन् । उनले अहिले जम्मा १ हजार ३८३ मेगावाटमात्र उत्पादन भइरहेको बताइन् ।             उर्जामन्त्री भुसालले सरकारले २०३० भित्र कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको र जलविद्युत् क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेको जानकारी दिइन् ।    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सिमेन्ट र विद्युत् उत्पादनलाई बढावा दिइरहेको जानकारी गराउँदै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कार्य जारी रहेको बताए।             नेपाल लगानीमैत्री देश रहेको औंल्याउँदै उनले विभिन्न परियोजनामा विदेशी लगानीसहित काम भइरहेको जानकारी दिए ।

सम्बन्धित सामग्री

नेपालको उन्नयनका लागि बेलायती लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संगठन यूके शाखाको आयोजनामा शनिबार भएको कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए । गैरआवासीय नेपालीका नेपाली नागरिकता...

मातृभूमिको उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा आज यहाँ भएको  कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए ।गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएक

मातृभूमिको विकासका लागि बेलायती लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन्। गैरआवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा गरेको  कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए।गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर

मातृभूमिको उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संगठन यूके शाखाको आयोजनामा शनिबार भएको  कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए ।

मातृभूमिको उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संगठन यूके शाखाको आयोजनामा शनिबार भएको  कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए ।

पाँच वर्षमा १० अर्ब डलर वैदेशिक लगानी भित्र्याउने लक्ष्य

नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उपयुक्त वातावरण निर्माण गरी वैदेशिक लगानी भित्र्याउ सरकार तयार रहेको बताउनुभएको छ । लगानी बोर्डको १०औं वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो बताउनुभएको हो । बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले लिएका राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेकाले लगानीको वातावरण […]

बैदेशिक लगानी बढाउन सरकार तयार छः देउवा

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरुमा लगानीको वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । लगानी बोर्डको दसौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वैदेशिक लगानी बढाउन सरकार सकरात्मक रहेको भन्दै वातावरण तयार गर्न लगानी बोर्डलाई निर्देशन दिएका हुन् । । उनले बैदेशिक लगानी बढाउन तयार गर्न बोर्डलाई निर्देशन दिँदै आवश्बक सहयोगको […]