लगानीको वातावरण सकारात्मक

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सिर्जना भएको बताउनुभएको छ । शुक्रबारदेखि आयोजना भएको ‘तेस्रो नेपाल पावर लाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी’ उद्घाटन गर्दै उहाँले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताउनुभएको हो । “दुई ठुला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको छ । नयाँ सरकारलाई नागरिकले समेत विश्वासमा लिएका छन् । यो सरकारले मुलुकमा लगानीको वातावरण सिर्जना गर्छ,” उहाँले भन्नुभयो । वर्तमान सरकारलाई आर्थिक हिसाबले मुलुकलाई अगाडि बढाउने जिम्मेवारी रहेको उहाँको भनाइ थियो । उहाँले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित सामग्री

नेपालमा अब लगानीको वातावरण बन्यो : अर्थमन्त्री महत

चितवन- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् । 'नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ' अर्थमन्त्री महतले भने 'यह...

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री डा. महत

चितवन, १० पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् । अर्थमन्त्रीले भने, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उनले भने, “यहाँ अब केही गर्न […]

‘नेपालमा लगानीको वातावरण सकारात्मक’

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेको बताउनुभएको छ । राजधानीमा सोमबार आयोजित एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) को ३७ औँ सम्मेलन उद्घाटन कार्यक्रममा उहाँले लगानीका लागि नेपाल उपयुक्त मुलुक भएकाले सम्मेलनमा सहभागी उद्यमी व्यवसायीलाई लगानी ल्याउन पनि आग्रह गर्नुभयो ।

भूतप्रभावी कानुन ल्याएर लगानी वातावरण बिगार्दै सरकार

पब्लिक लिमिटेड कम्पनीहरूले विगतमा गरेको कारोबारमा सरकारले संवैधानिक व्यवस्थाविपरीत नयाँ कर लगाएकामा निजी क्षेत्रको चर्को असन्तुष्टि छ । बजेटमार्फत भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री, मन्त्री र उच्चस्तरीय सरकारी अधिकारीहरूलाई चरणबद्ध रूपमा भेटेका छन्, प्रत्यक्ष भेटमा सकारात्मक प्रतिक्रिया दिएर पनि बजेटको व्यवस्था संशोधनमा ठोस प्रतिबद्धता नआएको गुनासो छ ।

तत्काल विद्युत् खरिद बिक्री सम्झौता खुला गर्न इप्पानको माग

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि ऊर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण तयार भएको भन्दै जलविद्युत् लगानीकर्ताले रोकिएको विद्युत् खरिद बिक्री सम्झौता तत्काल खुला गर्न सरकारसँग माग गरेका छन् ।

लगानीकर्तालाई हतोत्साही नबनाऔं

लगानीसम्बन्धी विभिन्न ऐन–कानुन संशोधन गरेर सरकारले नेपालमा लगानीको वातावरण बनाएको भन्दै विदेशी लगानीकर्ताहरूलाई लगानीका लागि अनुरोध गरेको छ । केही लगानीकर्ताहरू नेपाल सरकारको आह्वानप्रति सकारात्मक पनि छन् । केही लगानी विस्तार गर्दै छन् र केही लगानी गर्ने अवसर खोज्दै छन् । तर पनि नेपालमा लगानीको अवस्था हेर्दा भारत तथा चीनबाहेक कोही पनि किन त्यति धेरै […]

वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

भदौ २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार सकारात्मक रहेको बताएका छन् । लगानी बोर्ड नेपालको १० औं वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वदेशी पूँजीले मात्रै नेपालको विकास अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘म वैदेशिक लगानीका लागि सबै लगानीकर्ताहरुलाई आह्वान गर्न चाहन्छु,’ सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरूमा लगानीको वातावरण बनाउन पनि लगानी बोर्डलाई निर्देशन दिनुभयो । उहाँले नेपालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय प्राथमिकताका योजना र क्षेत्रहरुमा लगानी बढाउनुपर्ने पनि बताउनुभयो। ‘लगानीका लागि जहाँ अवरोधहरु छन्, तिनलाई सहजीकरण गर्न सरकार तयार छ’, उहाँले भन्नुभयो ।  कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीप्रतिको आकर्षण बढे पनि पर्याप्त विदेशी लगाउन भित्र्याउन नसकिएको बताए ।उनले लगानीसँगै त्यसको सुरक्षा लगानीकर्ताका लागि महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । विगतको भन्दा लगानीप्रतिको आकर्षण बढेको  भन्दै उनले हामीकहाँ सुरक्षासहितको लगानीको वातावरण बनाउनुपर्ने अवस्था रहेको बताए । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारले नेपालको विकासका लागि महत्वपूर्ण परियोजनालाई प्राथमिकता दिएको उल्लेख गर्दै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता मुलुकमा रहेको जानकारी दिइन् । उनले अहिले जम्मा १ हजार ३८३ मेगावाटमात्र उत्पादन भइरहेको बताइन् ।             उर्जामन्त्री भुसालले सरकारले २०३० भित्र कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको र जलविद्युत् क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेको जानकारी दिइन् ।    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सिमेन्ट र विद्युत् उत्पादनलाई बढावा दिइरहेको जानकारी गराउँदै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कार्य जारी रहेको बताए।             नेपाल लगानीमैत्री देश रहेको औंल्याउँदै उनले विभिन्न परियोजनामा विदेशी लगानीसहित काम भइरहेको जानकारी दिए ।

५३ अर्ब ३८ करोडको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम महिना २१ असारसम्ममा ५३ अर्ब ३८ करोड ७ लाख ३४ हजारको विदेशी लगानीको प्रतिबद्धता भएको छ । पछिल्लो समय स्वदेशमा लगानीको वातावरण राम्रो बन्दै गएपछि विदेशी लगानी प्रतिबद्धतामा सकारात्मक देखिएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको अन्तिम महिना २१ असारसम्ममा उद्योग विभागमा २ सय १३ वटा विदेशी …

नेपालमा वातावरण सहज अब लगानी बढ्ने अपेक्षा - Naya Patrika

नयाँ पत्रिका बहस : लगानीबोर्डको भूमिका, राष्ट्र बैंकको सरल नीति र कानुनमा सुधारले आशा बढायो पछिल्लो समय नेपालमा लगानीको वातावरण सकारात्मक बन्दै गएको छ । संविधान निर्माण, संघीयता कार्यान्वयन तथा...पूरा पढ्नुहोस् »