नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ्ग ११ औं पुष्पलाल स्मृती र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रसिला महर्जनलाई रिटायर्ड हर्टका आधारमा जित हात पार्दै उपाधि उचालेकी हुन् ।पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिलालाई दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट लागेको थियो । अन