कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीमा काम गर्न नसक्नेहरुलाई नेतृत्वबाट हटाउनुपर्ने बताएका छन् । कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता सिंहले अवसर पाएर पनि काम गर्न नसक्नेहरुलाई फेरि गुणगान गाएर त्यही मान्छे चाहिन्छ भन्नु सान्दर्भिक नहुने बताए ।‘शेरबहादुर दाई, रामचन्द्र दाइ ! अरु थुप्रै नेताहरु हुनुहुन्छ । उहाँहरुले धेरै ठूलो संघर्ष गर्नुभएको छ, डेमोक्रेसीलाई यहाँसम्म ल्याउनको लागि । तर अवसर पाएर पनि काम गर्न नसक्नेहरुलाई फेरि गुणगान गाएर त्यही मान्छे चाहिन्छ भन्नु यो कति सान्दर्भिक हुन्छ ?,’ नेता सिंहले प्रश्न गर्दै अघि भने, ‘व्यक्तिगत रुपमा मेरो त केही छैन । एकदमै माइ डियर दाजुहरु हुनुहुन्छ । मेरै आँखाले देखेको छु, कति दुःख, संघर्ष गर्नुभएको छ । जेल जानुभएको छ । तर काम गर्न नसक्ने मान्छेहरुलाई नेतृत्व दिएर कांग्रेसलाई कहाँ पुर्याउन खोजेको ?’