अमेरिकामा पनि दलितमाथि भेदभाव, एकदमै कम ज्यालामा मन्दिर बनाउन लगाइयो

अमेरिकाको न्युजर्सीमा बनाइएको विशाल हिन्दू मन्दिरमा भारतबाट दलित समुदायका मानिसलाई एकदमै कम ज्याला दिएर काममा खटाइएको पाइएको छ । उनीहरूलाई हप्ताको ९० घन्टा काममा खटाइएको थियो । एफबीआईले घटनाको अनुसन्धान गरिरहेको छ । मंगलवार संघीय अदालतमा दायर गरिएको मुद्दामा बोचासानवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था तथा त्यसका शीर्ष अधिकारीविरुद्ध जबर्जस्ती श्रममा लगाउने काम, मानव तस्करी र ज्याला कम दिने काम गरिएको आरोप छ । ‘यो अत्यन्तै आघातपूर्ण अनुभव थियो,’ कामदारहरूका तर्फबाट बहस गर्ने वकिल प्याट्रिस...