बागलुङका तीन योजनाका लागि पर्यटन मन्त्रालयसँग १५ करोडको साझेदारी

पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन् । प्रदेश र स्थानी...

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनको लागि १ अर्बभन्दा बढीको बजेट ल्याउँदै पर्यटन बोर्ड

काठमाडौं । पर्यटन प्रवर्द्धनको काम गर्दै आइरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ३० करोड रुपैयाँ रकम बराबरको बजेट ल्याउने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले उक्त बजेटमा अन्तरराष्ट्रिय बजारमा नेपाली पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधारको लागि प्रयोग हुने बताए । मंगलवार बोर्डमा विभिन्न मिडियामा आवद्ध पर्यटन बिट हेर्ने पत्रकारहरू तथा फोटोपत्रकारहरूसँग अन्तरक्रियामा सीईओ रेग्मीले आगामी आर्थिक वर्षको बजेटको ८० प्रतिशत अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गरिने र बाँकी २० प्रतिशत रकम पर्यटन पूर्वाधारमा खर्चिने बताए ।  ‘सन् २०२५ मा सरकारले नेपालमा विशेष भ्रमण वर्ष आयोजना गर्न लागेको छ। विदेशी पर्यटक बढाउन सरकारसँग हातोमालो गर्दै अघि बढ्ने र त्यसलाई पनि हेरेर बजेट व्यवस्था गर्दैछौं,’ उनले भने ।  कार्यक्रममा सीईओ रेग्मीले नेपालमा बाह्य तथा आन्तरिक पर्यटन वृद्धि गर्न आएका समस्याहरू र समाधानका लागि बोर्ड एक्लैले भन्दा कलम र क्यामेराको अझ सशक्त भूमिका रहेको बताउँदै पर्यटन प्रवर्द्धनसम्बन्धी कामहरू र आगामी दिनहरूका योजनाका विषयमा पनि प्रकाश पारेका थिए । पोखरामा भर्खर सम्पन्न नेपाल चीन ड्रागन बोट रेस प्रतियोगिताको सफलतापछि चिनियाँ पर्यटकको आगमन बढी हुने आशा रहे पनि बोर्डले भारत र चीनमा बढी केन्द्रित भएर पर्यटनका गतिविधि प्रचार गर्नेसमेत उनले बताए। उनका अनुसार बोर्डले विभिन्न मुलुकमा नेपाली पर्यटनको अन्तरराष्ट्रिय सञ्चार माध्यम, फाम ट्रीप, बिटुबी मिटिङलगायत कार्यक्रममार्फत प्रवर्द्धन गर्नेछ । ‘पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकहरू बढिरहेकाले बोर्डले यस्ता गन्तव्य प्रवर्द्धनका लागि पनि काम गरिरहेको छ । त्यसैअनुरूप पत्रकारहरूलाई नयाँ गन्तव्य स्थानहरूमा फाम ट्रीपलाई निरन्तरता प्रदान गर्ने योजना बोर्डको रहेको छ,’ उनले भने ।

हिमालय ट्राभल मार्ट : गन्तव्य बजारमा दरिलो उपस्थिति जनाउने प्रतिबद्धता

कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान र प्रवर्द्धन तथा दीगो पर्यटन विकासमा रणनीतिक योजनाका साथ गन्तव्य बजारमा दरिलो उपस्थिति जनाउने सामूहिक प्रतिबद्धताका साथ हिमालय ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लगायत पर्यटन क्षेत्रका सङ्घ संस्थाहरूको सहयोग तथा समन्वयमा प्यासिफिक एशिया ट्राभल …

बीस पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना

काठमाडौँ,२० पुष । गण्डकी प्रदेश सरकारले यहाँका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९/८० मा योजना छनोट गरेको छ । प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि रु एक करोड ७६ लाख बजेट विनियोजन गरेको हो । कार्यालय प्रमुख पोषानाथ शर्माले पर्यटकीयस्थलमा पदमार्ग, […]

प्रदेश सरकारद्वारा बीस पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकारले यहाँका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९-८० मा योजना छनोट गरेको छ । प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि रु एक करोड ७६ लाख बजेट विनियोजन गरेको हो ।  कार्यालय प्रमुख पोषानाथ शर्माले पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, […]

बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको दिगो संरक्षणबारे छलफल

लुम्बिनीभित्र रहेको बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको संरक्षणका लागि विज्ञबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र युनेस्कोको आयोजनामा एकदिने पुरातत्व विज्ञसँग छलफल गरिएको हो । मायादेवी मन्दिर, बुद्धजन्मस्थल क्षेत्रमा रहेका मार्कन स्टोन, अशोक स्तम्भ, बुद्ध जन्मेको स्थलका पुरातात्विक अवशेषको अवस्था र दिगो संरक्षणको योजनाका बारेमा छलफल […]

पर्यटन प्रवर्द्धनको रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड

नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवर्द्धनको योजनाका लागि विज्ञ सरोकारवालासँग छलछफल गरेको छ । सोही प्रयोजनका निम्ति एसटीएलआरपीले विज्ञहरूको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशाला आयोजना गरिसकेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । उक्त कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, प

पर्यटन मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् । उक्त आयोजनाको शनिबार एक कार्यक्रमबीच उनले शिलान्यास गरेका हुन् । क्रमागत योजनाका रुपमा कार्यान्वयन हुने उक्त आयोजनाअन्तर्गत रु नौं करोडको लागतमा रुपसकाँडा र बाँझिलेकमा घरबास, झरनास्थलमा शिवको मूर्ति, रुपसकाँडा–बाँझिलेक जोड्ने […]

काठमाडौँ महानगरपालिकाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो उद्यान बाढीले बगाएपछि अहिले उद्यानमा गर्ने लगानी महानगरले मेलम्ची–१ भोटेचौरको पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको छ।महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत बजेटअन्तर्गत नगर साझेदारी कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माण

पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग

पोखरा (नेस) । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध सघंसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् । पहिलो चरणको कोरोनापश्चात् […]

पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न पोखराका व्यवसायीको माग

पोखरा। कोभिड- १९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन्। पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड-१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन्।