नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवर्द्धनको योजनाका लागि विज्ञ सरोकारवालासँग छलछफल गरेको छ । सोही प्रयोजनका निम्ति एसटीएलआरपीले विज्ञहरूको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशाला आयोजना गरिसकेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । उक्त कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, प