पर्यटन प्रवर्द्धनको लागि १ अर्बभन्दा बढीको बजेट ल्याउँदै पर्यटन बोर्ड

काठमाडौं । पर्यटन प्रवर्द्धनको काम गर्दै आइरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ३० करोड रुपैयाँ रकम बराबरको बजेट ल्याउने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले उक्त बजेटमा अन्तरराष्ट्रिय बजारमा नेपाली पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधारको लागि प्रयोग हुने बताए । मंगलवार बोर्डमा विभिन्न मिडियामा आवद्ध पर्यटन बिट हेर्ने पत्रकारहरू तथा फोटोपत्रकारहरूसँग अन्तरक्रियामा सीईओ रेग्मीले आगामी आर्थिक वर्षको बजेटको ८० प्रतिशत अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गरिने र बाँकी २० प्रतिशत रकम पर्यटन पूर्वाधारमा खर्चिने बताए ।  ‘सन् २०२५ मा सरकारले नेपालमा विशेष भ्रमण वर्ष आयोजना गर्न लागेको छ। विदेशी पर्यटक बढाउन सरकारसँग हातोमालो गर्दै अघि बढ्ने र त्यसलाई पनि हेरेर बजेट व्यवस्था गर्दैछौं,’ उनले भने ।  कार्यक्रममा सीईओ रेग्मीले नेपालमा बाह्य तथा आन्तरिक पर्यटन वृद्धि गर्न आएका समस्याहरू र समाधानका लागि बोर्ड एक्लैले भन्दा कलम र क्यामेराको अझ सशक्त भूमिका रहेको बताउँदै पर्यटन प्रवर्द्धनसम्बन्धी कामहरू र आगामी दिनहरूका योजनाका विषयमा पनि प्रकाश पारेका थिए । पोखरामा भर्खर सम्पन्न नेपाल चीन ड्रागन बोट रेस प्रतियोगिताको सफलतापछि चिनियाँ पर्यटकको आगमन बढी हुने आशा रहे पनि बोर्डले भारत र चीनमा बढी केन्द्रित भएर पर्यटनका गतिविधि प्रचार गर्नेसमेत उनले बताए। उनका अनुसार बोर्डले विभिन्न मुलुकमा नेपाली पर्यटनको अन्तरराष्ट्रिय सञ्चार माध्यम, फाम ट्रीप, बिटुबी मिटिङलगायत कार्यक्रममार्फत प्रवर्द्धन गर्नेछ । ‘पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकहरू बढिरहेकाले बोर्डले यस्ता गन्तव्य प्रवर्द्धनका लागि पनि काम गरिरहेको छ । त्यसैअनुरूप पत्रकारहरूलाई नयाँ गन्तव्य स्थानहरूमा फाम ट्रीपलाई निरन्तरता प्रदान गर्ने योजना बोर्डको रहेको छ,’ उनले भने ।    

सम्बन्धित सामग्री

सीईओ रेग्मीको निजी स्वार्थको सम्मेलनलाई पर्यटन बोर्डको ६० लाख बजेट

२३ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले बोर्डको ६० लाख रकम खर्च गर्ने गरी आफ्नो निजी कम्पनीको भूगोलसम्बन्धी कार्यक्रम गरेका छन् । पर्यटन बोर्ड विनियमावली विपरीत डा. रेग्मीले हिमालयन रिसर्च एक्सपिडिसन लगायत विभिन्न निजी कम्पनीहरु चलाइरहेका छन् । पर्यटन बोर्ड ‘होस्ट’ बनेर गएको शुक्रबार, शनिबार, आइतबार पोखरामा भूगोलसम्बन्धी […]

पर्यटन बोर्डको बजेट बल्ल पारित

काठमाडौं । झन्डै तीन महिना लामो प्रयासपछि बल्ल नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । गत शनिबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षकालागि अनुमानित कुल २ अर्ब १ करोड २३ लाख ४५ हजार रुपैयाँको बजेट पारित गरेको हो । चालु आवकालागि २ अर्ब १ करोड २३ […] The post पर्यटन बोर्डको बजेट बल्ल पारित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्यटन निकायको सहयोगमा ‘सफा हिमाल अभियान’

काठमाडौं (अस) । पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र वन तथा वातावरण विभागको बजेट व्यवस्थापनमा नेपाली सेनाले ‘सफा हिमाल अभियान–२०२२’ शुरू गर्ने भएको छ । नेपाली सेनाका २९ जना जनशक्तिसहित ४८ जना शेर्पा र अन्य समन्वय समिति र रियर अप्स ग्रूपका १४ गरी ९१ जनाको सहभागितामा चारओटा हिमाल सफा गरिने भएको छ । नेपाली सेनाले काठमाडौंमा मंगलवार कार्यक्रम गरी अभियान शुरू गरिने जानकारी दिएको छ । यो अभियानबाट सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरिने सेनाले जानकारी दिएको छ । २०१३ मा सगरमाथा आरोहण गरेका सेनानी किशोर अधिकारीले जेठदेखि अभियान शुरू गर्ने योजना रहेको भन्दै बेस क्याम्पमाथि र बेश क्याम्प र सो वरिपरिको फोहोर गरी कुल ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखिएको बताए । उक्त अवसरमा सेनाले यो अभियानका लागि १३ करोड ९६ लाख बजेट आवश्यक पर्ने भए पनि सरकारबाट ८ करोड ३० लाख बजेट उपलब्ध भएको जानकारी दिएको छ । बाँकी अपुग ४ करोड ६६ लाख रकममध्ये १ करोड ३० लाख बजेट सेनाले व्यवस्थापन गर्ने र बाँकी अन्य स्रोतको खोजी गरिने उल्लेख गरिएको छ । यसअघि सरकारले सफा हिमाल अभियान–२०२१ का लागि भने १० करोड विनियोजन गरेको थियो । ‘सफा हिमाल अभियान–२०१९’ देखि शुरू गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्दै अधिकारीले प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनले पर्यावरणमा पुर्‍याएका असरलाई कम गर्ने, पर्वतीय आर्थिक गविविधि अभिवृद्धि गर्न सरकारलाई सहयोग पुर्‍याउने, पर्यटकका साथै पर्वतारोहीलाई आकर्षित गर्ने र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्ने अभियानको लक्ष्य रहेको बताए ।

बेकामे पर्यटन बोर्ड

नेपालको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न सरकार र निजीक्षेत्रको साझेदार संस्थाका रूपमा खडा गरिएको नेपाल पर्यटन बोर्डले अपेक्षाअनुसार काम गर्न सकेको छैन । त्यसमा पनि कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्न सबैभन्दा बढी क्रियाशील हुनुपर्ने यो संस्था अहिले निष्क्रिय जस्तै छ । कोरोनाको महामारी अन्त्य हुने लक्षण देखा पर्दै जाँदा पर्यटनलाई गति दिन प्रचारप्रसारको नयाँ रणनीति अपनाउनुपर्नेमा उल्टै नेतृत्वविहीन बनेर कामविहीन बनेको छ । त्यसैले यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । बोर्डको कार्यकारी प्रमुख बन्नका लागि निकै दौडधुप गर्ने तर प्रभावकारी रूपमा पर्यटन प्रवर्द्धनका योजना बनाउने नसक्ने प्रमुख पाउनु यसको नियति नै बनेको छ । बोर्डलाई चलायमान बनाउने प्रमुख व्यक्तिको क्षमता र नियतिमाथि नै टीकाटिप्पणी हुने गरे पनि सही र योग्य व्यक्ति ल्याउन सार्थक पहल भएको देखिँदैन । कोभिड–१९ ले गर्दा २ वर्षदेखि बाह्य पर्यटको आगमन करीब- करीब ठप्प छ । पर्यटक आगमन ठप्प हुँदा बोर्डले पाउने बजेटको आकार पनि घटेको छ । त्यसैले अहिले स्रोत व्यवस्थापनमा समेत दबाब परेको छ । तैपनि बोर्डले आफूसँग भएको आन्तरिक स्रोतसाधनको उच्चतम परिचालन गर्न सकेको छैन । बोर्डको स्रोत भनेको सरकारी अनुदान र विभिन्न पर्यटकीय संघसंस्थाबाट प्राप्त हुने रकम हो । यो रकम पर्यटनको प्रवर्द्धनका लागि खर्च हुनुपर्ने हो । दुर्भाग्य, कोरोनाका कारण थलिएको पर्यटनलाई पुनर्जीवन दिन आवश्यक प्रवर्द्धनात्मक कार्य गर्न सकेको छैन । भएका काम पनि परिणाममुखी देखिएका छैनन् । यस्तोमा बोर्ड प्रमुखविहीन हुँदा कामै नहुनु स्वाभाविक हो । बोर्डमा केही पदाधिकारीले राजीनामा दिएका छन् । बोर्डका प्रमुख कारबाहीमा परेका छन् । बोर्डलाई यसरी नै लथालिंग छाड्ने हो र यसको जिम्मेवारी र कार्य क्षमतामा सुधार नल्याउने हो भने पर्यटनको पुनरुद्धार अभैm ढिलो हुन सक्छ । त्यसैले सरकारले तत्कालै योजना र लक्ष्य लिएको योग्य व्यक्तिलाई बोर्डमा नियुक्ति दिन ढिला गर्नु हुँदैन । कोरोना भाइरस संक्रमण महामारीका कारण झन्डै डेढ वर्षदेखि पर्यटन क्षेत्र शिथिल बनेको छ । यो अवस्थामा सरकार र नेपाल पर्यटन बोर्डले अघि सार्ने योजना र कार्यक्रममा पर्यटन क्षेत्रको पुनरुत्थान निर्भर रहन्छ । विश्वभरि नै पर्यटन व्यवसाय निकै घटेको छ । तर, अन्य देशले तीव्र गतिमा फरक रणनीति र प्रर्वद्धनात्मक एवं प्रचारात्मक कार्य थालेकाले अहिले तिनीहरू बिस्तारै तंग्रन थालेका छन् । नेपालको अवस्था भने उल्टो छ भन्दा हुन्छ । अहिले ओमिक्रोन भेरिएन्टको संक्रमण पनि मत्थर भइसकेको छ । खोप पनि अत्यधिकले लगाइसकेका छन् । पर्यटकहरू फाट्टफुट्ट देखापर्न थालेका छन् । यही बेला बोर्डको भूमिका बढी आवश्यक छ । बोर्डले व्यवसायीहरूसँग अन्तरक्रिया गरेर कुन कुन क्षेत्रमा कसरी प्रवर्द्धनात्मक कार्य गर्दा बढी प्रभावकारी हुन्छ भनेर योजना बनाई तत्कालै कार्यान्वयनमा जानुपर्छ । पर्यटन बोर्डले विगतमा अध्ययन–अनुसन्धान, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मेला–महोत्सवमा बजेट छुट्ट्याउने गथ्र्यो । पर्यटन बोर्डको उद्देश्य अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्नु हो । पर्यटनसँग सम्बद्ध नीति बनाउन पनि उसको भूमिका हुन्छ । उसले सरकार र निजीक्षेत्रलाई जोड्न पुलको काम गर्न सक्छ । बोर्डको काम समग्र पर्यटन प्रवर्द्धनका गतिविधि गर्नु हो । तर, जे परिकल्पना गरेर ऐन, विधान निर्माण गरियो, त्यसअनुसार बोर्डले काम नै गर्न सकेको छैन । सोच र योजना राम्रो आए पनि कार्यान्वयनको पाटो कमजोर भयो । त्यही भएर स्थानीय मेलामहोत्सवमा खर्च गरेर बजेट सक्ने काम भएको छ जुन गलत हो । अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गर्न भएको खर्चको प्रतिफलबारे बोर्डमा छलफल नै भएको पाइँदैन । त्यसबारे अध्ययन पनि भएको छैन । त्यो कति प्रभावकारी भयो, कति फाइदा भयो, अर्कोपटक लगानी गर्ने कि नगर्ने भन्ने विषयमा बोर्डले गम्भीर भएर अध्ययन गर्नुपर्ने हो । फलदायी नभएको कामहरू रोकेर नयाँ खालको प्रचार नीति ल्याउनुपर्ने हो । त्यस्तो भएको पनि पाइँदैन । पर्यटन बोर्डको अध्यक्ष पर्यटन सचिव हुने व्यवस्था छ र सचिव फेरिएसँगै अध्यक्ष फेरिइहाल्नाले पनि बोर्डले राम्ररी काम गर्न नसकेको हो । बोर्डका सीईओ विवादमा तानिँदा पनि कार्यान्वयन पक्ष असाध्यै फितलो भयो । नेपालमा कस्ता पर्यटक आए, कति पर्यटक आए, त्यसको तथ्यांकसमेत बोर्डसँग भएको पाइँदैन । यस्तो तथ्यांकविना गरिने प्रचारकै कारण पनि फलदायी परिणाम नआएको हो । नेपालका लागि कुन बजार बढी उपयुक्त छ भनेर त्यसअनुसार प्रचार गर्न पनि बोर्ड चुकेको अनुभव हुन्छ । बोर्डलाई अस्तव्यस्त बनाउने एउटा कारण राजनीति पनि हो । समूहमा मिलेर काम नगर्ने अनि आआफ्नो स्वार्थअनुरूप काम गर्ने पर्यटन व्यवसायीहरूको कारण पनि बोर्ड प्रभावकारी बन्न नसकेको हो । पर्यटन व्यवसायमा लाग्ने र बोर्डमा प्रतिनिधित्व गर्नेहरू धेरैजसो उच्च व्यक्तिहरू नै छन् । उनीहरूले सीईओ र सचिवलाई उचित सुझाव दिएको भए र सही काम गर्न बाध्य पारेको भए पनि बोर्ड प्रभावकारी हुन्थ्यो । काम गर्ने इच्छाशक्ति नहुँदा र बोर्डलाई हाँक्न धेरै बोर्ड सदस्यले प्रतिनिधित्व नगर्दा यो अवस्था आएको हो । यस्तो परिणाममुखी काम नगर्ने बोर्ड किन आवश्यक पर्‍यो भन्ने प्रश्न पनि उठ्न थालेको छ । तैपनि प्रवद्धर्नात्मक काम गर्न एउटा सशक्त र निजीक्षेत्रको प्रतिनिधित्व भएको संस्था उपयुक्त हुन्छ । यसको काम बोर्डले गर्न सक्छ । बोर्डमा आउने व्यक्तिहरूमा व्यवसाय र आफ्नो कर्तव्यप्रति जिम्मेवारीबोध भएमा बोर्डलाई निकै प्रभावकारी बनाउन सकिन्छ । यसलाई बलियो बनाएर आफ्नो उद्देश्यमा सफल बनाउन सरकार, व्यवसायी सबैले बोर्डलाई घचघच्याउनुपर्छ र गलत गर्ने वा काम नगर्नेलाई पदबाट हट्नुपर्ने बाध्यता सृजना गर्नुपर्छ । विवादित व्यक्ति र योजनाविहीन व्यक्तिलाई बोर्डमा ल्याउनै हुँदैन । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

बजेटको तयारीमा पर्यटन बोर्ड

काठमाडौं। पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारी थालेको छ। बोर्डले तीन वटै तहसँगको समन्वयमा बजेट ल्याउने गरी तयारी अगाडि बढाएको हो। कोभिड–१९ महामारीको समयमा पर्यटन गतिविधिलाई अगाडि बढाउन भन्दै बोर्डले छलफल तीव्र पारेको हो। यतिबेला देशमा कोभिडको दोस्रो लहर फैलिँदा पर्यटकीय गतिविधि पूर्णरुपमा ठप्प छन्।

‘आन्तरिक पर्यटनले मात्रै समग्र पर्यटनको रिभाइभ गर्न सक्दैन’

नेपाल पर्यटन बोर्ड, सरकार र निजी क्षेत्रको साझेदारीमा काम गर्ने संस्था हो । केही समयअगाडि पर्यटन बोर्डको बजेट