अनुदान नीतिमा प्रश्न

यतिखेर सरकारलाई खर्च धान्न गाह्रो परिरहेको छ भन्ने कुरा रासायनिक मलमा दिँदै आएको अनुदानमा केही कटौतीले पुष्टि गर्छ । आम्दानी भएन भने खर्च घटाउनैपर्ने हुन्छ । मल खरीदमा अनुदान दिन हुन्छ वा हुँदैन भन्नेबारे लामो बहस हुँदै आएको छ । यस्तै बहसका बीच कैयन् वर्षदेखि सरकारले रासायनिक मलमा अनुदान दिने व्यवस्था मिलाउँदै आएको हो । तर, अहिले यस्तो अनुदान कटौती गरिँदा कृषिको उत्पादनमा कुन हदसम्म असर पुग्ला भनेर चासो बढेको छ । किसानको तहमा भने सरकारी निर्णयले निराशा तुल्याएको छ । आम्दानी हुन नसकेको भन्दै युवापुस्ता कृषिमा आकर्षित हुन नसकेको बेला सरकारले उल्टै वर्षौंदेखि दिँदै आएको अनुदान कटौती गरेपछि थप समस्या निम्तिने देखिन्छ । दैनिक उपभोग्य वस्तु भारतबाट आयात गरेर गुजारा चलेका बेला अनुदान कटौतीले नेपाली उत्पादन थप महँगो हुनेछ भने यसले अन्तत: आयातलाई नै प्रोत्साहन गर्ने सम्भावना छ । खर्च घटाउन सरकारले अनुदान कटौतीको निर्णय लिए पनि वास्तवमा अहिले त्यो बेला नै आइसकेको भने देखिँदैन । किनकि सरकारले कैयौं शीर्षकमा अनावश्यक खर्च गरिरहेको छ । आर्थिक सहायता, चन्दा तथा पुरस्कारको नाममा राज्यको ढुकुटी रित्याउने काम भइरहेको छ । राजनीतिक दलका नेता, कार्यकर्ताले यस्तो शीर्षकको बजेटमा ब्र्रह्मलुट मच्चाइरहेका छन् । त्यस्तै कामविनाका थुप्रै विकास समिति छन् । मलको अनुदान घटाउनुभन्दा अन्य शीर्षकमा भइरहेका फजुल खर्च घटाउनु बढी उपयुक्त हुन्छ । कृषि निर्यात गर्ने राष्ट्रबाट आयात गर्ने मुलुकमा पुग्दा पनि किन कृषि यस्तो भयो भन्नेमा ठोस अध्ययन र मार्ग तय हुन सकेको छैन । यो मुलुकका लागि निकै ठूलो विडम्बना हो । त्यस्तै अनावश्यक भ्रमणमा करोडौं रुपैयाँ खर्च हुने गरेको छ । यीमध्ये कुनै एक शीर्षकको खर्च घटाउने हो भने अहिले घटाइएको रकम स्वत: परिपूर्ति हुन्छ । प्रशासनिक खर्च घटाउन सरकारले नै गठन गरेको सार्वजनिक खर्च पुनरवलोकन आयोगको प्रतिवेदन कार्यान्वयन नै पर्याप्त छ । तर, प्रतिवेदनले सुझाएका बुँदा कार्यान्वयनमा यसअघिका र अहिलेको सरकारको समेत चासो छैन । झन्डै ६४ प्रतिशत जनता संलग्न रहेको तथा अर्थतन्त्रमा करीब २५ प्रतिशत योगदान दिइरहेको कृषि क्षेत्रमा निकै समस्या छ । भारतमा सरकारले ठूलो परिमाणमा दिने अनुदान तथा आधुनिक बीउबिजन र यन्त्रोपकरणका कारण निकै सस्तोमा कृषि उत्पादन हुने गरेको छ जुन उत्पादनसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यही कारण नेपालमा किसानले कतिपय वस्तुको खेती गर्न छाड्न थालेका छन् । उदाहरणका लागि उखुलाई लिन सकिन्छ । भारतीय उखु निकै सस्तो पर्ने र त्यसका कारण चिनी सस्तोमा उत्पादन हुने भएकाले नेपालका चिनी कारखाना समस्यामा परेका छन् । तरकारी बालीमा पनि त्यस्तै छ । भारतीय सस्तो तरकारीका कारण नेपाली तरकारी विक्री हुन नसकेको किसानको गुनासो छ । ठूलो परिमाणमा उत्पादन हुने भएकाले पनि भारतीय कृषि उपज नेपालीको दाँजोमा निकै सस्तो पर्छ । धान, गहुँ आदि खेतीमा पनि यो लागू हुन्छ । यस्तोमा नेपाली किसानको उत्पादन कसरी सस्तो बनाउने र तिनलाई कसरी बजार उपलब्ध गराउने भनेर सरकारले काम गर्नुपर्नेमा मलमा दिँदै आएको अनुदानसमेत घटाउनु उपयुक्त होइन । नेपाली किसानले खेतीपातीको समयमा मल नपाउने समस्या दशकौंदेखि रहिआएको छ । महँगै भए पनि भनेको समयमा चाहिएको परिमाणमा मल पाउने सुनिश्चितता मात्रै हुने हो भने पनि किसानलाई धेरै राहत हुने थियो । त्यसैले सरकारले निजीक्षेत्रलाई मल ल्याउन दिनु उपयुक्त हुन्छ । मल आयातको जिम्मा पाएका सरकारी कम्पनीहरूले कमिसनको चक्करमा परेर मलको आपूर्ति गर्न नसकेको देखिन्छ । कृषि उत्पादन बढाउन बजारको सहज पहुँच आवश्यक हुन्छ । यसका लागि सरकारले काम गर्नुपर्ने हुन्छ । तर, सरकारले यसमा चासो दिएको छैन । कृृषि निर्यात गर्ने राष्ट्रबाट आयात गर्ने मुलुकमा पुग्दा पनि किन कृषि यस्तो भयो भन्नेमा ठोस अध्ययन र मार्ग तय हुन सकेको छैन । यो मुलुकका लागि निकै ठूलो विडम्बना हो । अहिले मलको अनुदानमा गरिएको कटौती पनि त्यस्तै हचुवा पाराको निर्णय हो ।

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सरकारले लक्ष्यअनुसार राजस्व नउठेपछि बजेटमा घोषणा गरिएका कार्यक्रम हटाउने तयारी गरेको छ। पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैंसी पाल्नेलाई २० हजार रुपैयाँ अनुदान दिने भएको छ। धितोपत्र वोर्डले आईपीओको १० कित्ते नीतिमा पुनरावलोकन गर्नको लागि ४ सदस्यीय अध्ययन समिति गठन गरेको छ। निर्माणको काम सुरु भएको २१ महिनामा ग्वार्को फ्लाईओभरको प्रगति ३० प्रतिशत मात्रै भएको छ।

‘औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको प्राथमिकतामा’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री रिजालले निजीक्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए । उनले आफू खुला बजार अर्थनीतिको पक्षमा रहेको बताए । मन्त्री रिजालले भने, ‘म बजारमा आधारित अर्थतन्त्रमा विश्वास गर्ने व्यक्ति हुँ । उद्योग खोल्ने काम, व्यापार गर्ने काम सरकारले गर्ने होइन, निजीक्षेत्रका लागि उपयुक्त वातावरण बनाइदिने हो ।’ औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रर्वद्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा समेत उल्लेख भएकाले सरकार रणनीतिका साथ अघि बढ्ने मन्त्री रिजालको भनाइ छ । चेम्बरको टोलीले निर्यात प्रवर्द्धन सम्बन्धी ठोस नीति एवं योजना ल्याउनसमेत आग्रह गरेको थियो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाउन आग्रह गरे । यस्तै निर्यात अनुदानलाई एकद्वार प्रणालीअन्तर्गत निकासीकर्तालाई सरल र सहज ढंगले प्रदान गर्नुपर्नेमा उनको भनाइ थियो । मल्लले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन मन्त्री रिजाल समक्ष आग्रह गरे । रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी नीतिसहित युवाको लगानीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

अनुदान आयोगको नीतिमा समावेश गर्न माग

विराटनगर । प्रदेशस्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान सङ्गठित हुन थालेका छन् । उनीहरूले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरूलाई समावेश गर्न माग गरेका छन् ।  स्थापना भएका विश्वविद्यालय एवं शैक्षिक

कृषि अनुदान नीतिमा पुनरावलोकन गर : महालेखापरीक्षक

सरकारले दिएको कृषि अनुदान अनुसार उत्पादन वृद्धि नभएको जनाउँदै महालेखापरीक्षक कार्यालयले अनुदान नीतिमा पुनरावलोकन गर्नुपर्ने जनाएको छ । महालेखापरीक्षको ५९ औं वार्षिक प्रतिवेदनअनुसार यो वर्ष रासायनिक मल खरिद, उन्नत बिउ बिजन, उत्पादन एवम् खरिद, मत्स्य विकास, बाली संरक्षण  तथा विकास, तरकारी खेती, पोखरी निर्माण  लगायतमा २३ अर्ब ४ करोड २३२ लाख बजेटमध्ये १९ अर्ब ६८ करोड २ लाख अनुदान वितरण भइसकेको छ ।

कृषि अनुदान नीतिमा पुनरावलोकन गर : महालेखापरीक्षक

सरकारले दिएको कृषि अनुदान अनुसार उत्पादन वृद्धि नभएको जनाउँदै महालेखापरीक्षक कार्यालयले अनुदान नीतिमा पुनरावलोकन गर्नुपर्ने जनाएको छ । महालेखापरीक्षको ५९ औं वार्षिक प्रतिवेदनअनुसार यो वर्ष रासायनिक मल खरिद, उन्नत बिउ बिजन, उत्पादन एवम् खरिद, मत्स्य विकास, बाली संरक्षण  तथा विकास, तरकारी खेती, पोखरी निर्माण  लगायतमा २३ अर्ब ४ करोड २३२ लाख बजेटमध्ये १९ अर्ब ६८ करोड २ लाख अनुदान वितरण भइसकेको छ ।

काठमाडौं महानगरले जनस्वास्थ्य ऐन जारी गर्ने

स्वास्थ्य नीतिमा वडा क्लिनिकको स्तरोन्नति गरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने, करदातालाई बीमाका लागि आवश्यक प्रबन्ध मिलाउने जसका लागि कामपाले ५० प्रतिशत अनुदान दिने, विपन्नलाई निःशुल्क श्ययाको प्रबन्ध गर्ने र आयुर्वेद पद्धतिलाई प्रवद्र्धन गर्नेलगायत नीति छन्।

कर नीतिमा ‘विभेद्’को आरोप, उद्योगी नै असन्तुष्ट

२२ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत विभिन्न स्वदेशी वस्तुलाई निर्यातमा ८ प्रतिशतसम्म छुट दिने घोषणा गर्‍यो । यसअघि विभिन्न क्लस्टरमा २७ प्रकारका वस्तु निर्यात गर्दा मात्र ३ देखि ५ प्रतिशतसम्म निर्यात अनुदान दिएको थियो । बजेटले सिमेन्ट, क्लिंकर, पानीलगायत भनेर छुट पाउने वस्तुको पहिचान फराकिलो हुने संकेत दिएपछि नेपाल तयारी […]

तयारी पोशाकबारे निर्यात अनुदान नीति स्पष्ट भएन : संघ

२० जेठ, काठमाडौं । नेपाल तयारी पाेशाक उद्योग संघले सरकारले बजेटमार्फत घोषणा गरेको निर्यात अनुदान नीतिले अन्योल सृजना गरिदिएकाे बताएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले बजेटमार्फत निर्यातमा अनुदान दिने नीतिमा तयारी पाेशाक परे/नपरेको बारे स्पष्ट नभएको जनाएको हाे । झण्डै १० लाख राेजगारी सृजना गर्ने र कुनै बेला वार्षिक ४० कराेड […]