ब्लड क्यान्सरपीडित विद्यार्थी मदन केसीको उपचारका लागि सहयोग जुट्ने क्रम बढेको छ। सदरमुकाम चरिकोटस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत उनको उपचारका लागि उनले भर्खरै छाडेको एउटा निजी स्कुलका विद्यार्थीहरुले चिया बेचेर आर्थिक सहयोग संकलन अभियान थालेका थिए।