४१ करोड लगानीमा नमस्ते पे : इन्टरनेटदेखि विद्युत र पानीसम्मकाे बिल भुक्तानी गर्न सकिने

सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ ।

सम्बन्धित सामग्री

‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधा

नमस्ते पेको क्युआर कोड सेवा सुरु

नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी सहजै गर्न सक्ने सुविधाको सुरुआत गरेको छ।...

नेपाल डिजिटल पेमेन्ट्स नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं (अस) । नेपाल क्लियरिङ हाउसले कार्यान्वयन गरिरहेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्सबीच सम्झौता भएको छ । सम्झौतामा एनडीपीसीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौतापछि एनडीपीसीद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल पे क्यूआर स्ट्यान्डर्डबमोजिम तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरण ग्राहकलाई उपलब्ध गराइनेछ । विभिन्न भुक्तानीका लागि बिल र गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायत भुक्तानी उपकरण उपलब्ध हुनासाथ कार्यान्वयन गर्नेछ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारका रूपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईकामार्फत बैंक वित्तीय संस्था तथा गैरबैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा दिन सक्नेछन् । दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक काम अघि बढाइएको दुवै कम्पनीले बताएका छन् । एनडीपीसी नेपाल दूरसञ्चार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रूपमा स्थापित कम्पनी हो । एनडीपीसी देशका कुनाकाप्चासम्म मोबाइलको माध्यमबाट वित्तीय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने लक्ष्यसहित नमस्ते पे वालेटमा क्रेडिट कार्ड बिल भुक्तानी, डिटिएचको भुक्तानी, मोबाइल रिचार्जलगायत विभिन्न भुक्तानी गर्न सकिने सेवा उपलब्ध गराउंदै आएको छ ।

कामना सेवा विकास बैंक र नमस्ते पे बीच अनलाइन भुक्तानीको लागि सम्झौता

कामना सेवा विकास बैंक र नमस्ते पे बिच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले हस्ताक्षर गरेका छन्।   बैंकका अनुसार यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिनु भएका ग्राहाक महानुभवहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्ने छन्।काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

‘नमस्ते पे’ अनलाइन भुक्तानी सेवा मंगलवारदेखि सञ्चालनमा आउँदै

भदौ २८, काठमाडौं । नेपाल डिजिटल पेमेन्ट कम्पनीले मंगलवारदेखि अनलाइन भुक्तानी सेवा शुरु गर्ने भएको छ । स्रोतका अनुसार शुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनेछन् ।  कम्पनीमा नेपाल टेलिकमको मुख्य लगानी रहेको छ । नमस्ते पे एप केही महीनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । कम्पनीले थप तयारी पुरा गर्दै ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो ।  नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले ट्वीटरमार्फत नमस्ते पे मंगलवारदेखि सञ्चालनमा आउन लागेको उल्लेख गरेका छन् ।  वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ । प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्नेछन् । शुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत् तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् ।