टेलिकम १९ औं बर्षमा प्रवेश: ७५ प्रतिशत जनसंख्यामा सेवा विस्तार, एकै बर्ष राज्यलाई २८ अर्ब योगदान

नेपाल टेलिकमले आज आफ्नो स्थापनाको १८ औं बर्ष पुरागरी १९ औं बर्षमा प्रवेश गरेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्नो स्थापनाको १८ औं बर्ष पुरा गरि १९ बर्षमा प्रवेश गर्दैगर्दा नेपालको करिब ७५ प्रतिशत जनसंख्या माझ आफ्नो सेवा विस्तार गर्न सफल भएको छ। १८ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा, २०७८ मंसिर मसान्त सम्ममा कम्पनीको ग्राहक आधार २ करोड २७ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिव ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।कोभिड १९ ले सिर्जना भएको असहज परिस्थितिका बाबजुद आ.व. २०७७÷७८  मा कम्पनीको कुल आय ४२ अर्व २१ करोड पुगेको छ भने, कम्पनीको खुद मुनाफा रु ७ अर्व १३ करोड भएको छ। चालु आ व को पौष मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड राजश्व प्राप्त गरेको छ, जुन गत आ.व. को पहिलो अर्धवार्षिक अवधिको तुलनामा ५.७५ प्रतिशतले बृद्धि भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्याएको योगदान हेर्ने हो भने आ.व. २०७७ ÷७८ मा कर तथा गैह्रकर गरी बिभिन्न शिर्षकमा टेलिकमले   रु २७ अर्व ७३ करोड रकम योगदान गरेको छ भने यस आर्थिक बर्षमा समेत उक्त योगदान बढ्ने अपेक्षा गरिएको छ ।त्यस्तै भ्वाइस सेवातर्फ; २०७८ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको ग्राहक आधार २ करोड २७ लाख भन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड १६ लाख ४५ हजार, सीडीएमए सेवाका ४ लाख ३८ हजार र पीएसटीएन सेवाका ग्राहक ५ लाख २९ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक १ लाख ७४ हजार तथा एफटीटीएच.डाटा सेवाका ग्राहक १ लाख ५९ हजार रहेका छन् । २०७८ कार्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणकोअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५४ प्रतिशत रहेको छ।इन्टरनेट डाटा सेवातर्फ २०७८ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता कुल २ करोड २० लाख ९७ हजार भन्दा बढी पुगेका छन् । सो मध्ये जीएसएम  मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १६ लाख ४५ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ३१ हजार ७ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता १ लाख ५९ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । जीएसएम फोरजी तर्फ हालसम्म करिव ८१ लाख ७४ हजार ग्राहक पुगिसकेको छ र निरन्तर विस्तारको क्रममा रहेको छ।फोरजी एलटिई आयोजना सम्बन्धमा कम्पनीले वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटिई सेवालाई देशब्यापी रुपमा संचालन एवं विस्तार गरिरहेको छ । हालसम्म ७७ जिल्ला तथा ७२० स्थानीय तहसम्म यसको पहुँच पुगेको छ भने कुल ४,१८६ स्थान मध्ये ३,८१६ (९१ प्रतिशत) स्थानमा आयोजनाको कार्य पुरा भैसकेको छ  । कोर नेटवर्क तर्फ कुल भौतिक प्रगति ९५ प्रतिशत छ  । यसै आयोजना अन्तर्गत ६४० नयाँ टावरमध्ये ५०१ टावरको जडान सम्पन्न भई सो मध्ये ४५१ टावरबाट सेवा संचालनमा आइसकेको छ।फोरजी एलटिई नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय बृद्धि भएको छ र डाटा सेवामा द्दन्, घन् सेवामा भन्दा फोरजी सेवाको हिस्सा बढ्दो क्रममा रहेको छ। फोरजी भोइस अर्थात् भोलटि सेवा परीक्षणको रुपमा संचालन गरी ग्राहक आधार १० लाख भन्दा बढी पुगिसकेको छ । जसमा सक्र्या ग्राहक १ लाख ६० हजार भन्दा बढी छ ) र बजारमा भोल्ट सपोर्ट गर्ने ह्याण्डसेटको बृद्धिसँगै यसको ग्राहक पनि बढ्दै जाने अपेक्षा गरिएको छ  । कम्पनीको १८ औं बार्षिकोत्सवको उपलक्ष्यमा आजैबाट भोल्टि सेवाको व्यवसायिक संचालन गरिंने भएको छ । कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने सेवाको योजनालाई चालु आर्थिक वर्षमा निरन्तरता दिदै  कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने सेवाको योजनालाई चालु आर्थिक वर्षमा निरन्तरता दिदै सेवा विस्तार तीव्र रुपमा गरिरहेको छ । हालसम्म यो सेवा ६३ जिल्लामा पुगिसकेको छ । नेपाल टेलिकमले चा.लु. आ.ब. ०७८÷७९ लाई एफटिटिएच बर्ष घोषणा गरी करिब ४ लाख लाइनको वितरण योग्य नेटवर्क विस्तार तथा माइग्रेसन र नयाँ गरी २ लाख २६ हजार वितरणयोग्य नेटवर्क लाइन वितरण गर्ने लक्ष्य लिएको छ  । चालु आ.व. को पौष मसान्त सम्मको ६ महिनाको अवधिमा करिब १ लाख ९९ हजार वितरण योग्य नेटवर्क  तयार गरिसकेको छ ।मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकाहरुलाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । सो क्षेत्रमा हालसम्म १ हजार १ सय १२  किमी (५९.१६%) कार्य सम्पन्न भएको, २६ स्थानमा हाइ क्यापासिटी जडान भई २४ स्थानमा संचालनमा ल्याइसकेको तथा सम्पूर्ण ४७ स्थानमा कोर राउटर जडान कार्य सम्पन्न भइसकेको छ्र । कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । उक्त क्षेत्रमा हालसम्म १०० किमी फाइबर विस्तार भएको, २२ स्थानमा डीडब्लुटिएम सिस्टम जडान भई १६ स्थानमा संचालनमा ल्याउने कार्य जारी रहेको र ऋयचभ च्यगतभच जडान कार्य समेत शुरु भएको छ । यस पूर्बाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न महत्वपूर्ण योगदान दिने बिश्वास लिईएको छ ।त्यस्तै नेपाली नागरिकहरुलाई वित्तीय पहुँच सहज रुपमा पु¥याउने उदेश्यले नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सहायक कम्पनी स्थापना गरी ‘नमस्ते पे’ सेवा संचालनमा ल्याइसकेको छ । प्रथम चरणका सेवाहरुको रुपमा बैंकबाट वालेटमा टपअप गर्ने, दूरसञ्चार सेवाको रिचार्ज गर्ने, बिद्युत तथा खानेपानीको महसुल तिर्ने लगायतका सेवाहरु उपलब्ध भइसकेका छन् । हाल यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरु थप गर्ने कार्य भइरहेको छ । आगामी दिनमा बस तथा हवाईजहाज टिकट खरिद गर्ने, इन्टरनेट, टिभी, स्कुल कलेजको बिल तिर्ने लगायतका सेवाहरु थप्ने कार्य योजना रहेको छ । कम्पनीका कर्मचारीहरुको बृत्ति बिकास तथा सेवा सुबिधा सम्बन्धी व्यवस्था समाबेश भएको कम्पनीको नयाँ कर्मचारी बिनियामवाली, २०७८ कार्यन्वयनमा आएको छ  । कम्पनीको नयाँ सांगठनिक संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत भएको र यससँगै बिगत चार वर्षदेखि रोकिएको पदपूर्तिको प्रक्रिया अघि बढेकोले कर्मचारीहरुलाई बृत्तिबिकासको अवसर प्राप्त भएको छ  । आगामी दिनमा दरबन्दी बमोजिम कर्मचारीहरुको पदस्थापन गर्ने, कार्य सम्पादनको आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, तालिम÷ वर्कसप÷ सेमिनार आदिमा सहभागी गराउने, पदपूर्तिको लागि समय तालिका बमोजिम बिज्ञापन गर्ने र कर्मचारीलाई प्रबिधिमैत्री बनाउने कार्ययोजना रहेको छ  ।कम्पनीको १८ औं बार्षिकोत्सवको अवसरमा टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रमहरु तय गरेको छ। सातै प्रदेशका एक एक वटा अनाथाश्रम र बृद्धाश्रमहरु छनौट गरी (जम्मा १४ वटा) आश्रममा ;ट्रिपल प्ले प्याकेज १ बर्षको लागि निःशुल्क सेवा उपलब्ध गराउने र १४ वटा टिभी सेट समेत जडान गरी दिने र बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको लागि स्वास्थ्यमा सघाउ पुग्ने खालका सामाग्री  उपलब्ध गराउने भएको छ। कर्णाली प्रदेश लगायत पिछडिएका क्षेत्रहरुका सरकारी र सामुदायिक बिद्यालयहरुमा महिला स्वास्थ्यमा सहयोग पुग्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ।सातै प्रदेशका कम्तिमा एक एकवटा सरकारी र सामुदायिक बिद्यालयहरुमा खेलकुद सामग्री बितरण गर्ने । कम्पनीको एफटिटिएच पुगेका स्थानका ५० वटा सरकारी र सामुदायिक बिद्यालयमा एक बर्षको लागि २५ एमबिपीएस स्पिडको इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको ।अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गता सम्बन्धी महासंघको सिफारिशमा सिटिईभिटीसँग समन्वय गरी सीपमूलक तालीम संचालन गर्ने भएको छ।सातै प्रदेशका एक एक वटा धार्मिक, साँस्कृतिक सम्पदा वा सार्वजनिक क्षेत्रमा सरसफाई कार्यका लागि प्रयोग हुने सामग्रीहरु सहयोग गर्ने भएको छ। जसमा  प्रदेश १ को पाथीभरा मन्दिर, मधेश प्रदेशको जानकी मन्दिर, बाग्मती प्रदेशको पलाञ्चोक भगबती, गण्डकी प्रदेशको मनकामना मन्दिर, लुम्विनी प्रदेशको स्वर्गद्वारी, कर्णाली प्रदेशको सुर्खेत स्थित देउतीबजै, सुदूरपश्चिम प्रदेशको टिकापुर पार्क रहेका छन् । साथै सदर चिडियाखाना, जावलाखेलमा रहेका एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ बर्ष सम्म आहाराको प्रायोजन गर्ने भएको छ।साथै, वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले बिभिन्न सम्मान तथा पुरस्कारको व्यवस्था गरेको छ। मिति २०७७ माघ ०१ गतेदेखि २०७८ पौष मसान्त सम्ममा रिचार्ज सेवा तर्फ तोकिएको लक्ष्य पुरा गरी सबैभन्दा बढी रकमको कारोबार गर्ने सात वटै क्षेत्रहरुबाट एक÷ एक जना गरी ७ जना र एमपीओएस तर्फ एक जना गरी जम्मा ८ जना डिलरहरुलाई कदरपत्र सहित सम्मान गर्ने र निजहरुले प्रयोग गर्ने नेपाल टेलिकमको मोवाइलमा १ बर्ष सम्मको लागि मासिक रु.१,४९९।– को  सजिलो अनलिमिटेड रेन्टल प्याक निःशुल्क उपलब्ध गराउने भएको छ। मिति २०७७ माघ ०१ गतेदेखि २०७८ पौष मसान्त सम्मको कम्पनीका सेवाहरुMobile Postpaid & Mobile Prepaid, PSTN, Leased Line, FTTH प्रयोगका आधारमा सर्वाधिक बिल भुक्तानी गर्ने ग्राहकहरु एक एक जना गरी जम्मा ५ जनालाई कदरपत्र सहित सम्मान गर्ने र निजहरुले प्रयोग गर्ने नेपाल टेलिकमको मोवाइलमा १ बर्ष सम्मको लागि मासिक रु.१,४९९।– सजिलो अनलिमिटेड रेन्टल प्याक निःशुल्क उपलब्ध गराउने भएको छ ।सात वटै प्रदेशका सबैभन्दा धेरै पाठशाला सियुजी बितरण गर्ने एक एक वटा लेखा कार्यालयहरु र ISSD Billing Team गरी जम्मा ८ वटा कार्यालयहरुलाई कदरपत्र प्रदान गर्ने भएको छ ।प्रदेश नं. १ र मधेश प्रदेशका लेखा कार्यालयहरुबाट गुणात्मक रुपमा सबैभन्दा बढी तराई सिम बितरण गर्ने २ वटा कार्यालयहरुलाई सम्मान सहित कदरपत्र प्रदान गर्ने भएको छ ।काठमान्डू टिम च्याम्पियनशिप व्याडमिन्टन प्रतियोगितामा प्रथम भई कम्पनीलाई  च्याम्पियन ट्रफी दिलाउन सफल गराउने सात जना ब्याडमिन्टन खेलाडीहरुलाई नगद पुरस्कार सहित कदरपत्र प्रदान गर्ने भएको छ ।साथै, कम्पनीको १८औ वार्षिकोत्सवको अवसरमा एनटि एन्निभर्सरी अफर उपलब्ध गराएको छ  । यस अन्तर्गत जम्मा रु २९४ मा १० दिनको भ्यालिदीडीटि भएको २० जीबी डाटा, रु ९८ मा ३  दिनको भ्यालिदीडीटि भएको ६ जीबी डाटा र रु ६९ मा माघ १७ देखि फाल्गुन ३ गते सम्म हरेक दिन एक एमबिपीएस डाटा प्रयोग गर्न सकिने छ । आज वार्षिकोत्सवको दिन २४ घण्टाको लागि नेपाल टेलिकमको नेटवर्क भित्र सम्पूर्ण VoLTE कल निशुल्क गरेको छ।

सम्बन्धित सामग्री

सेवा विस्तार गर्दै नेपाल रेलवे

गत २० चैत ०७८ देखि नियमित सञ्चालनमा रहेको नेपालको एक मात्र जयनगर–कुर्था रेलवे सेवा विस्तार हुने भएको छ । भारतीय बजार जयनगर–कुर्था ३५ किलोमिटर ओहोरहदोहोर गर्दै आएको नेपाली रेलसेवा आउँदो १...

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।...

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।...

सोलुखुम्बुमा पहिलो पटक फाईबर सेवा विस्तार

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेपाल टेलिकमको द्रुतमार्गको फाईबर सेवा विस्तार भएको छ । नेपाल टेलिकमले ओखलढुङ्गादेखि पत्ताले हुँदै सल्लेरीसम्म रेडियो लिङ्कलाई विस्थापित गर्दै फाईबरबाट नेटवर्क सेवा विस्तार गरेको हो । सोलुलाई द्रुतमार्गको फाईबर लिङ्कबाट सेवा प्रदान गर्न काम सुरु गरेको झण्डै डेढ वर्षपछि लिङ्क पुर्याउन सफल भएको नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र […]

उदयपुरको गाइघाटमा डिशहोमको सेवा  विस्तार

डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, ईटहरी, बर्दिवास, बुटवल, वीरगन्ज ,धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो स

अल्काद्वारा आइभिएफ सेवा विस्तार

जावलाखेलस्थित अल्का अस्पतालले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको छ।

काठमाडौँ– काकँडभित्ता बस सेवा विस्तार

काठमाडौँ– काकँडभित्ता बस सेवा विस्तार घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो । सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्र

वीर अस्पतालको सेवा विस्तार गरिँदै

काठमाडौँ– भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो । उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । “एक […]

वीर अस्पतालको सेवा विस्तार गरिँदै

भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो । उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । “एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञसहितको टोली गई उपचार गर्नेछ । साधार

पोषण सेवा विस्तार अभियान सार्वजनिक

राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियानको पाँच वर्षे रणनीति सार्वजनिक गरेको छ ।सन् २०२१ देखि २०२५ को लागि पोषण सेवा विस्तार अभियानले एउटा निश्चित मार्गचित्र तयार गरी पोषण सेवा विस्तार अभियानको तेस्रो चरणको रणनीति सार्वजनिक गरेको गरिएको हो । यस रणनीतिमा नीतिगत तथा पैरवीको वातावरणलाई अझ सबल र दिगो बनाउने, कार्यक्रम सञ्चालनका […]