पेशागत बीमा अभिकर्ता संघको ज्ञापनपत्र: बीमा नियमावलीमा भएको व्यवस्थाले अन्याय भएको गुनासो

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले प्रस्तावित बीमा नियमावली २०८० मा भएको व्यवस्थाले अभिकर्तालाई अन्याय भएको भन्दै बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयमा आफ्ना मागसहित १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । संघका केन्द्रीय सदस्य तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर वासुदेव त्रिपाठीले बीमा ऐन २०४९ मा भएको व्यवस्था नै हुबहु लागू हुनुपर्ने मागसहित प्रधानमन्त्रीको सचिवालयमा ज्ञापनपत्र बुझाइएको बताए । ‘प्रस्तावित बीमा नियमावलीमा बीमितले किस्ता नतिर्दा लाइसेन्स खारेज हुने, एउटा कम्पनीमा मात्र आबद्ध भएर काम गर्नुपर्ने, १२ कक्षा उत्तीर्ण गरेपछि मात्र अभिकर्ताको लाइसेन्स पाइने लगायत प्रावधान राखिएका छन्, जुन आम अभिकर्ताको हितविरुद्ध छन्,’ उनले भने, ‘त्यसैले हामी आफ्ना मागसहित ज्ञापनपत्र लिएर प्रधानमन्त्रीको सचिवालयमा पुगेका हौं ।’ बीमा प्राधिकरणले बीमा पेशामा आबद्ध २५ हजार अभिकर्ता र सम्पूर्ण बीमितको हकहितमा काम गर्नुपर्नेमा अहिले बीमा प्राधिकरण बीमा कम्पनीका सञ्चालकहरूको संघसंगठनका निर्देशन तथा प्रलोभनमा परी बीमित र अभिकर्ताको हितविरुद्ध लागेको देखिएको उनले बताए । ‘संशोधित बीमा ऐन २०७९ को दफा १६८ को उपदफा १ बमोजिम बीमा नियमावली २०८० को मस्यौदा प्राधिकरणको सञ्चालक समितिको जेठ १३ गतेको निर्णय अनुसार अहिले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ,’ त्रिपाठीले भने, ‘उक्त मस्यौदा अर्थ मन्त्रालयबाट तत्काल फिर्ता नल्याए चरणबद्ध रूपमा आन्दोलन गर्नेछौं ।’ संशोधित मस्यौदा संघमा आबद्ध पेशाकर्मी र बीमितको हकहितविपरीत रहेकाले तत्काल फिर्ता लिई अभिकर्ताहरूसँग छलफल गरी संशोधन गर्नुपर्ने संघको माग छ ।   

सम्बन्धित सामग्री

हेटौँडा उपमहानगरमा अब अनलाइन र फोनबाट पनि गुनासो दर्ता हुने

सेवाग्राहीको गुनासो सुन्नका लागि हेटौँडा उपमहानगरपालिकाले अनलाइन र फोनसेवामार्फत गुनासो दर्ता गर्ने स्वचालित प्रणालि सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकामार्फत प्रदान गर्दै आएको सेवा र सुविधालाई प्रभावकारी बनाउने उद्देश्यले उपमहानगरले अनलाइन र फोनमार्फत...

लमजुङ प्रशासनमा डिजिटल गुनासो तथा सुझाव

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले डिजिटल गुनासो तथा सुझाव संकलन सुरु गरेको छ । कार्यालयको सेवा प्रवाहबारेमा सेवाग्राहीको प्रतिक्रिया लिन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल सुझाव तथा गुनासो सेवा सुरु गरिएको प्रशासन कार्यालले जनाएको छ । सरकारी कार्यालयमा सेवाग्राहीको गुनासो वा उजुरीका लागि अनिवार्य गुनासो पेटिका राखिएको भएपनि परम्परागत गुनासो पेटीकामा गुनासो वा […]

गुनासो पेटिकामा गुनासो आउन छोड्यो

कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि उपयोगविहीन बनेका छन्।

गुनासो पेटिकामा गुनासो आउन छोड्यो

दोधारा चाँदनी (कञ्चनपुर), ११ असोज । कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि उपयोगविहीन बनेका छन् । सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाइ गर्न राखिएका गुनासो पेटिका अहिले प्रयोगमा आएको देखिँदैन । प्रविधिको विकास र सहज पहुँचका कारण ती गुनासो पेटिका प्रयोगविहीन बनेका हुन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरको कार्यालय प्रवेश […]

सरकारी अस्पतालमा निःशुल्क औषधी नपाएको गुनासो

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै विरामीहरुले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।...

रोल्पामा गुनासो पेटिका : सेवाग्राहीको गुनासो छैन, माकुराको जालो

२५ साउन, रोल्पा । रोल्पा नगरपालिका कार्यालयको प्रवेशद्धार नजिकै गुनासो पेटिका झुण्ड्याइएको छ । जिल्लामै सबैभन्दा धेरै जनसम्पर्क हुने उक्त कार्यालयले गुनासो सुन्न सबैले देख्ने ठाउँमा उक्त पेटिका राखे पनि अहिलेसम्म गुनासो परेको छैन । नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा त्यहाँ कार्यरत रहेको तीन वर्ष पूरा भयो । उनले यस अवधिमा पेटिकामा एउटा पनि गुनासो […]

सरकारले बेवास्ता गरेको द्वन्द्वपीडितको गुनासो

द्वन्द्वकालीन घटनाका पीडितहरुले सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्। बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रियामा सहभागी द्वन्द्वपीडितहरुले यस्तो गुनासो गरेका हुन्।...

तलब नपाएकोमा लेखापालको गुनासो

डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

‘हेलो सीएम’ कक्षमा गुनासो घट्यो

सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवस्था गरिएको ‘हेलो सीएम’ (हेलो मुख्यमन्त्री) कक्षमा नागरिकको गुनासो आउन छाडेको छ । नागरिकमा गुनासो सम्बोधन हुँदैन भन्ने लागेर नै गुनासो नआएको हुनसक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, योजना तथा अनुगमन शाखाका अधिकृत नरेन्द्र शाहले बताए । ‘प्रदेश सरकारको अधिकार क्षेत्र र गर्नसक्ने कामका बारेमा जनताको बुझाइमा नै कमजोरी देखियो,’ उनले भने, ‘तर पनि संघीय र स्थानीय तहका सरकार र कार्यालयद्वारा सम्बोधन हुनुपर्ने गुनासो समे...