‘हेलो सीएम’ कक्षमा गुनासो घट्यो

सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवस्था गरिएको ‘हेलो सीएम’ (हेलो मुख्यमन्त्री) कक्षमा नागरिकको गुनासो आउन छाडेको छ । नागरिकमा गुनासो सम्बोधन हुँदैन भन्ने लागेर नै गुनासो नआएको हुनसक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, योजना तथा अनुगमन शाखाका अधिकृत नरेन्द्र शाहले बताए । ‘प्रदेश सरकारको अधिकार क्षेत्र र गर्नसक्ने कामका बारेमा जनताको बुझाइमा नै कमजोरी देखियो,’ उनले भने, ‘तर पनि संघीय र स्थानीय तहका सरकार र कार्यालयद्वारा सम्बोधन हुनुपर्ने गुनासो समे...

सम्बन्धित सामग्री

गौरवका आयोजनामा बजेट घट्यो

सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि आयोजना हेरेर बजेट थपघट गरेको छ । बजेटको अभावमा आयोजना कार्यान्वयन हुन नसकेको गुनासो आएपछि सरकारले आयोजना हरेर बजेट थपघट गरेको हो ।सरकारले केही आयोजनामा देखिने गरी बजेट बढाए पनि केहीको बजेट कटौती गरिएको छ भने केहीमा सामान्य वृद्धि गरिएको छ । बजेट बढाउनु सकारात्मक भए पनि कुन […]

गौरवका आयोजनामा बजेट घट्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि आयोजना हेरेर बजेट थपघट गरेको छ । बजेटको अभावमा आयोजना कार्यान्वयन हुन नसकेको गुनासो आएपछि सरकारले आयोजना हेरेर बजेट थपघट गरेको हो । सरकारले केही आयोजनामा देखिने गरी बजेट बढाएपनि केहीको बजेट कटौती गरिएको छ भने केहीमा सामान्य वृद्धि गरिएको छ । बजेट बढाउनु सकारात्मक […]

व्यवसायीका पीडा : कोरोना संक्रमण घट्यो, तनाव घटेन

२२ फागुन, काठमाडौं । कोभिड-१९ का कारण दुई वर्षभन्दा लामो समय व्यापार, व्यवसाय एवं उद्योग प्रभावित बने । कोरोना महामारीको त्रास कम भएपछि व्यापार व्यवसायहरु निकै राम्रो हुने अपेक्षा व्यवसायीहरुमा थियो । तर अपेक्षित व्यापार हुन नसकेको साना व्यापारीहरु बताउँछन् । काठमाडौंको भोटेबहाल, न्यूरोड, महाबौद्ध जस्ता क्षेत्रका होलसेल व्यापारीहरु व्यवसाय नै नभएको गुनासो गर्छन् । […]

आलुकाे मूल्य घटेपछि सर्लाहीका किसान चिन्तित, ‘भारतीय आलुले बजार खाइदियाे’

सर्लाही – आलुको मूल्य घटेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । आलु खनेर बिक्री गर्ने समयमा धमाधम आलुको मूल्य घटेपछि आफूहरू समस्यामा परेको बरहथवा नगरपालिका–२ हजरियाका किसान बद्री कटुवालले गुनासो गर्नुभयो ।  ‘माघको पहिलो हप्ता खेतबाटै आलु प्रतिकेजी ३० रुपैयाँका दरले बिक्री भएको थियो, अहिले  मूल्य घटेर १८ रुपैयाँमा बिक्री भइरहेको छ । एक हप्तामा आलुको मूल्य प्रतिकेजी १२ रुपैयाँले घट्यो, यो मूल्यमा आलु बिक्री गर्दा लागत मूल्य पनि उठ्दैन् । बिउ, मलखादको मूल्य बढ्दो छ । किसानले उत्पादन गरेको वस्तु...

सर्लाहीमा आलु उत्पादन घट्यो

सर्लाही । गतवर्षको तुलनामा यस वर्ष सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा ठूलो कमी आएको बताइएको छ । बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपालले भने, ‘विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा यस वर्ष पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन ।’ प्रतिकिलो २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले १५ मा विक्री गर्नुपरेको उनले गुनासो गरे । भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ । किसानले आलु व्यापारीलाई प्रतिकिलो १६ मा खेतबाटै विक्री गरिरहेका छन् । बागमती नगरपालिका–६ राजघाटका किसान पनिलाल रामले भने, ‘आलु लगाउने समयमा युरिया मलको अभाव भयो ।’ जिल्लाका बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलुखेती गरिन्छ । जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा उत्पादन भएको आलु मलंगवा, चपुर, वीरगञ्ज र कलैयामा रहेको शीतभण्डारमा भण्डारणका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ । रासस

रासायनिक मल नपाउँदा सर्लाहीमा आलु उत्पादन दोब्बरले घट्यो

माघ २५, सर्लाही । गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताइएको छ ।  बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपाल भने, ‘विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा  यसवर्ष  पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन ।’  प्रतिकिलो रू. २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले रू. १५ मा विक्री गर्नुपरेको उनले गुनासो गरे । भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ ।  किसानले आलु व्यापारीलाई प्रतिकिलो रू. १६ मा खेतबाटै विक्री गरिरहेका छन् । बागमती नगरपालिका– ६ राजघाटका किसान पनिलाल रामले भने,’ ‘आलु लगाउने समयमा युरिया मलको अभाव भयो ।’  जिल्लाको बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ ।  जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा उत्पादन भएको आलु मलङ्गवा, चपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ ।  कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपक थापा मगरलले जिल्लामा मल अभाव नरहेको बताए । रासस

समयमै मल नपाउँदा सर्लाहीमा घट्यो आलु उत्पादन

सर्लाही : समयमा पर्याप्त मल नपाउँदा सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ। उत्तर–पश्चिम भेगमा व्यावसायिक आलु खेती गर्दै आएका किसानले समयमै रासायनिक मल उपलब्ध नहुँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताएका छन्।विगतका वर्षहरूभन्दा उत्पादनमा कमी हुनु र उचित मूल्य पनि नपाउँदा मारमा परेको बरहथवा नगरपालिका–१ हजरियाका रामकुमार नेपालले गुनासो गरे। बिउ प्रतिकिलो २५ देखि ३० रूपैयाँमा किनेर रोपेको आलु अहिले १५ रूपैयाँमा बिक्री गर्नुपरेको उनको भनाइ छ। छिमेकी मुलुक भारतबाट सस्तो मूल्यका आलु बजारमा भि

तयारी छालाको निकासी घट्यो

विराटनगर । परिवर्त्य विदेशी मुद्राको स्रोतका रूपमा रहेको तयारी छालाको निकासी क्रमशः घट्न थालेको छ । विश्वव्यापी कोरोना महामारीका कारण तयारी छालाको माग घटेपछि निकासीमा कमी आएको हो । विराटनगर नाकाबाट एशिएन लेदर इन्डस्ट्री, नेपाल ट्यानिङ इन्डस्ट्री र युनाइटेड लेदर गरी तीनओटा उद्योगले भारत र समुद्रपारका मुलुकमा छालाको निकासी गरिरहेका छन् । विराटनगरको एक उद्योग बन्द छ । विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा १० करोड ५९ लाख ४ हजार १ सय ९० रुपैयाँ बराबरको ८ लाख २१ हजार ६ सय २९ किलोग्राम छालाको निकासी भएको छ जुन अघिल्लो आव २०७६/७७ को भन्दा थोरै हो । अघिल्लो आव २०७६/७७ मा विराटनगर नाकाबाट १० करोड ९१ लाख १३ हजार ५ सय ६९ रुपैयाँ बराबरको २३ लाख ४९ हजार ६ सय ४० वर्ग फिट छाला निकासी भएको थियो । आव २०७६/७७ मा भन्दा २०७७/७८ मा ३२ लाख रुपैयाँ कम्तीले निकासी भएको हो । आर्थिक वर्ष २०७६/७७ मा नेपाली छाला अन्तरराष्ट्रिय बजारमा प्रतिवर्ग फिट ४६ रुपैयाँ ४४ पैसाका दरले निकासी भएको थियो । तर, आव २०७६÷७७ भन्दा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा भने निर्यातकर्ताले केही राम्रो मूल्य पाएका थिए । उक्त आवमा प्रति वर्ग फिट ४९ रुपैयाँ ७७ पैसाका दरले निकासी गरिएको थियो । कार्यालयका अनुसार आव २०७५/७६ मा २८ करोड ७८ लाख २८ हजार ९ सय ४७ रुपैयाँ मूल्यको ५७ लाख ८३ हजार १० वर्गफिट छाला निकासी गरिएको थियो । आर्थिक वर्ष २०७४/७५ छालाका निकासीकर्ताका लागि स्वर्णिम वर्ष भएको देखिएको छ । यस आर्थिक वर्षमा निर्यातकर्ताले प्रतिवर्गफिट छालाको ७३ रुपैयाँ २० पैसा पाएका थिए । उक्त आवमा ३७ करोड ६१ लाख १५ हजार मूल्यको ५१ लाख ३८ हजार १ सय १९ वर्गफिट छाला निकासी भएको तथ्याङ्क कार्यालयले उपलब्ध गराएको छ । नेपालबाट भारत, चीन, इटली, मेक्सिको, फ्रान्स, टर्की, ल्याटिन अमेरिकालगायत देशमा प्रशोधित छालाको निकासी गरिन्छ । एशियन लेदर इन्डस्ट्रिजका सञ्चालक हसन अन्सारीका अनुसार छालाको व्यवसायमा विश्वव्यापी मन्दी आएको छ । एशियन लेदरले मेक्सिको, फ्रान्स, ब्राजिल र इटलीलगायत मुलुकमा छालाको निकासी गर्दै आएको छ । यसपटक पनि ती मुलुकबाट केही अर्डर आएका छन् । तर, कोलकाताका सिपिङ एजेन्सीले कन्टेनर दिन मानिरहेका छैनन् । बितेका १८ महिनायता कन्टेनरको भाडादर करीब ४ गुनाले बढिसकेको छ तर पनि सिपिङ लाइनरले दिन मानेका छैनन् । उद्यमी अन्सारीले कोलकाता बन्दरगाहबाट चीनसम्मको एक कन्टेनरको भाडादर ७ सय डलरबाट २२ सय डलर र इटलीसम्मको भाडादर १ हजार ४ सय डलरबाट ४ हजार २ सय डलर पुग्दा पनि भनेका समयमा कन्टेनर नपाइएको गुनासो गरे । उनले छालाको निर्यातलाई सहज बनाउन नेपाल सरकारअन्तर्गतको परिवहन विभागले पहल र सक्रियता देखाउनुपर्ने बताए । ‘समयमा ढुवानीको व्यवस्था गर्न नसकेपछि हामीले निर्यात–आपूर्तिको अर्डर कसरी लिने ? समस्या भएको छ,’ अन्सारीले भने, ‘त्यसैले निर्यातलाई सहज बनाउन सरकारी निकाय नै सक्रिय हुनुपर्छ ।’ नेपाल लेदर्स–ट्यानर्स एशोसिएशनका उपाध्यक्ष एवम् युनाइटेड लेदरका सञ्चालक परवेज अख्तरले नेपालका छाला उद्योगले स्वदेशी कच्चा पदार्थ ८० प्रतिशतभन्दा बढी प्रयोग गरिरहेको दाबी गरे । उद्यमी परवेजले तर विगत ४ वर्षदेखि छालाका निर्यातकर्ताले सरकारबाट पाउनुपर्ने इन्सेन्टिभको रकम नपाएको गुनासो गरे । उपाध्यक्ष परवेजको भनाइ छ, ‘हामीले विगत ४ वर्षदेखि इन्सेन्टिभको रकम पाएका छैनौं ।’ उनले आफूले इन्सेन्टिभको २५ लाखभन्दा बढी रकम लिन बाँकी रहेको बताए ।

अन्तःशुल्क घट्यो, घट्ला त मोटरसाइकलको मूल्य ?

नेपालमा उत्पादन भएका सवारी साधनमा यसअघि उद्योगीले अन्तःशुल्कमा छुट पाए पनि ग्राहकले त्यसको महशुस गर्न नसकेको गुनासो बढिरहेको थियो ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो, नेवानिले घटायो भाडा

२४ जेठ, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ)को मूल्य कटौती गरेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको गुनासो एयरलाइन्सले गरेका थिए । सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको […]