काठमाडौं : एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यासलाई विश्वको परिप्रेक्षमा विश्लेषण गर्दै नेपालभित्र र बाहिर रहेका सञ्चार क्षेत्रका २१ जना अध्येताको संयुक्त लेखनमा ‘ग्लोबल प्रस्पेक्टिभ्स् अन जर्नलिजम इन नेपाल’ (नेपालको पत्रकारितामा वैश्विक दृष्टिकोण) पुस्तक प्रकाशन भएको छ।मिडिया अध्येता डा. भानुभक्त आचार्य (युनिभर्सिटी अफ अटवा, क्यानडा) र सहप्राध्यापक डा. श्याम शर्मा (स्टोनिब्रुक युनिभर्सिर्टी, अमेरिका)को सम्पादनमा तयार भएको यो पुस्तक प्राज्ञिक पुस्तक प्रकाशनमा ख्यात