काठमाडौं : बनेपाकी रमिला अधिकारी (नाम परिवर्तन) गत गत कात्तिक मसान्तमा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रदर्शनी मार्गमा स्नातकोत्तरमा भर्ना भइन्। पत्रकारितामै स्नातक गरेकी उनलाई त्यसवेला अधिकांशले स्नातकोत्तर पनि अंग्रेजी र नेपाली दुवै माध्यममा परीक्षा दिन पाइन्छ भनेपछि भर्ना भएकी थिइन्।तर एकाएक अहिले परीक्षा,असाइनमेन्ट लगायत सबैमा अनिवार्य अंग्रेजी माध्यम गरिएको थाहा भएपछि अहिले उनी न त परीक्षा दिन सक्ने न पढाइ नै छाड्न सक्ने दोधारमा परेकी छन्। &