जनताले सबैभन्दा बढी आशा गर्ने राजनीति र राजनीतिक दलसँग हो। त्यसैले अपेक्षाकृत काम नभएका कारण नेपालको राजनीतिक दल, तिनका नेता कार्यकर्ता अत्यन्तै आलोचित छन्।दल र त्यसका नेताका त्रुटि कमजोरी औंल्याएर सही बाटोमा हिँडाउने काम पत्रकारिताको हो भन्ने बुझेर आममानिस अहिले नेतासँगै पत्रकारितासँग पनि असन्तुष्ट छन्। एउटा साक्षर पढे लेखेको वा कसैसँग आफू पत्रकार भएको परिचयसहित कुरा गर्न थाल्नु भयो भने प्राय असन्तुष्टि र आक्रोसको भुमरीमा पर्ने सम्भावना हुने गर्छ। मानौँ दलका नेताहरू काम ग