गत साता काठमाडौंबाट कास्कीको घान्द्रुक पुगेका तीन युवती ढुंगा, माटोको गारो र ढुंगाकै छानो भएको घर खोज्दै होमस्टेमा पुगे । होमस्टेको आँगनमा पुग्नेबित्तिकै सञ्चालकले परिचय दिए, ‘नमस्कार ! म थमन विक ।’ ती युवतीले होटलभन्दा होमस्टे मन परेकाले बास बस्न चाहेको बताए । थमनले हँसिलो अनुहारमा स्वागत गरे ।