स्याङ्जा – पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दाना (बाला) नलागेपछि स्याङ्जाकाे वालिङका किसान चिन्तित बनेका छन् । वालिङ नगरपालिका–१४ हुल्काङका किसानले यस वर्ष लगाएका उन्नत जातको धान 'यूएस ३१२' मा दाना नलागेको हो ।
राम्रो फल्ने भन्दै एग्रोभेटबाट बिउ ल्याएर रोपेको धानमा दाना नलागेपछि किसान चिन्तित बनेका हुन् । यसअघि स्थानीय जानको धान लगाउँदै आएका यस क्षेत्रका किसानले धेरै फल्ने आशमा यसपालि 'यूएस ३१२' धान रोपेका थिए ।
किसानले १७ रोपनी खेतमा लगाएको धानमा ...