कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनावमा सांसद र कार्यबाहक जिल्ला सभापति नै पराजित

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने चुनावमा स्याङ्जामा सांसद र कार्यबाहक जिल्ला सभापति नै पराजित भएका छन् । कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धिबहादुर राना र सांसद मोहनप्रसाद पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा मतका आधारमा पाण्डे ११औं र राना १२औं नम्बरमा पर्दै पराजित भएका छन् ।

सम्बन्धित सामग्री

कास्की-१ मा एमालेका गुरुङले हराए कांग्रेसका जिल्ला सभापति बराललाई

गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरेका छन्।...

भक्तपुरमा बस्नेतलाई हराउने कांग्रेस जिल्ला सभापति थापाको दाबी

भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले एमालेका सांसद एवं युवा नेता महेश बस्नेलाई आगामी निर्वाचनमा पराजित गर्ने दाबी गरेका छन् । शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति थापाले भक्तपुरको क्षेत्र नम्बर २ कांग्रेसले जित्ने दाबी गरे । उनले २०७४ को निर्वाचनमा माओवादीको बैशाखी टेकेर जिते पनि यसपटक भने घमण्ड […]

कांग्रेसको डोटी जिल्ला सभापति चयन दोस्रो चरणमा, सिंह र बडुबीच प्रतिस्पर्धा

८ मंसिर, डोटी । नेपाली कांग्रेस डोटी जिल्ला सभापति चयनका लागि मंगलबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि बुधबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ । पहिलो चरणमा सभापति पदका लागि पाँच जना उम्मेदवार रहेकामा कसैले पनि बहुमत पुर्याउन सकेनन् । त्यसैले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार नरेन्द्रबहादुर सिंह […]

कांग्रेस मुस्ताङको जिल्ला सभापति बने रोमी गौचन

पूर्वमन्त्री रोमी गौचन थकालीको सभापतित्वमा नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमिति चयन भएको छ । थासाङ गाउँपालिका–३ लेतेमा शुक्रवार सम्पन्न जिल्ला अधिवेशनबाट गौचनको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो । कांग्रेस मुस्ताङको निर्वाचन समितिका संयोजक अनन्त आचार्यले सहमतिमा नेतृत्व चयन भएको जानकारी दिए । सभापतिमा निर्वाचित गौचन पूर्व वाणिज्य मन्त्री हुन् । उपसभापतिमा विजय हिराचन, ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्बु गुरुङ, सहसचिवमा नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन चयन भएका छन् । ...

डडेल्धुरामा ज्ञानेन्द्र शासन सुरु भयोः कांग्रेस जिल्ला सभापति मल्ल

काठमाडौं, भदौ २५ । विवादकै बीच डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएपछि जिल्ला सभापति कर्ण मल्लले ‘ज्ञानेन्द्र शासन’ लगाइएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा ‘ज्ञानेन्द्र शासन’ सुरु भएको आरोप लगाएका हुन्। ‘डडेल्धुरामा ज्ञानेन्द्र शासन सुरु भएको छ, प्रहरी लगाएर पार्टीको अधिवेशन गर्न थालिएको छ, हामीले बहिस्कार गरेका छौँ,’ […]

मनाङका पुराना नेता शंकर गुरुङ जिल्ला सभापति बन्दै

लमजुङ-नेपाली कांग्रेस मनाङले अधिवेशन नहुँदै नयाँ नेतृत्वको टुंगो लगाएको छ । नेपाली कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको हो ।दुई कार्यकाल नेतृत्व सम्हाल्नुभएका वर्तमान जिल्ला सभापती टेकबहादुर गुरुङको संयोजकत्वमा आम कार्यकर्ताहरूबीच छलफल गरी आगामी कार्यकालको नयाँ नेतृत्व टुंगो लगाईएको सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।नेपाली कांग्रेसको आसन्न १४ औँ […]

कांग्रेस जिल्ला सभापति आजदेखि  रिले अनसनमा

नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु आजबाट रिले अनसनमा बस्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति...

कांग्रेसको पौडेल पक्षीय जिल्ला सभापति भेलालाई नेताहरुले सम्बोधन गर्ने

२६ साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापति भेला मंगलबार पनि जारी छ । सोमबारदेखि शुरु भएको जिल्ला सभापति भेलालाई मंगलबार वरिष्ठ नेता पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । ठमेलस्थित एक होटलमा जारी जिल्ला सभापति भेलामा कांग्रेसको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल भइरहेको नुवाकोट कांग्रेस जिल्ला […]