सरकारको आइजी नियुक्ति बिषय अदालतमाः आफुभन्दा कनिष्ठलाई आइजी बनाएको भन्दै निवेदन

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध अदालत पुगेको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सिंहले आज बिहान दर्ज्यान्ही चिन्ह समेत लगाइसकेका छन्। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल र सहकुल थापा आफूभन्दा कनिष्ठलाई…

सम्बन्धित सामग्री

बजेट निर्माणका क्रममा किन आयो कर्णालीका अर्थमन्त्रीलाई दबाब ?

सुर्खेत : तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश योजना आयोग नै चाहिँदैन भन्दै उनको पालामा कुनै पनि पदाधिकारीको नियुक्ति नै गरेनन्। योजना आयोगको सबै काम आफैँले समालेर गर्दै आएका शाहीले कार्यकालभरी आफू अनुकूल बनाए। अघिल्लो कार्यकालको अन्तिम समयमा बजेट निर्माण गर्दा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट थिए। तत्कालीन मुख्यमन्त्री शाहीले अर्थ मन्त्रालयमा आएर आफूअनुकूलको बजेटमात्र ल्याउन दबाब दिँदै विषयगत मन्त्रालयले तोकिएको मापदण्डअनुसार बनाएको कार्यक्रमहरु तीन पटकसम्म संशो

शिक्षक नै झुटा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारीले नियुक्ति नै नभएको व्यक्तिलाई झुटा सरुवापत्रका आधारमा शिक्षक बनाएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।...

शिक्षक नै झुटा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारीले नियुक्ति नै नभएको व्यक्तिलाई झुटा सरुवापत्रका आधारमा शिक्षक बनाएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।...

पब्लिक कम्पनीमा स्वतन्त्र सञ्चालक अनिवार्य

सरकारले पब्लिक कम्पनीमा स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी व्यवस्थालाई बाध्यकारी बनाउँदै यससम्बन्धी लचिलो नीतिलाई कसिलो बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले पब्लिक लिमिटेड कम्पनीहरुले स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी कानुनी व्यवस्थालाई बेवास्ता गरेको भन्दै कसिलो प्रावधान ल्याएको हो । कम्पनी ऐनमा भएको व्यवस्थाअनुसार स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनिवार्य बनाइएको र यस्तो नियुक्ति रितपूर्वक गरिनुपर्ने […]

मृगेन्द्रकुमारको नियुक्ति खारेज गर्न सर्वोच्चमा रिट दायर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बनाएको भन्दै उहाँको नियुक्ति खारेज गर्न सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरिएको छ । संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै अधिवक्ता अनुपम भट्टराईले यादवविरुद्ध रिट दायर गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जनता समाजवादी पार्टीका तीन जनालाई मन्त्री नियुक्त गर्नुभएकोमा यादवलाई कृषि तथा […]

आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा आज सुनुवाई हुदै

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी ) नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा आज सुनुवाई हुदै छ । आज न्यायधिश विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलाशमा यस मुद्दाको सुनुवाई हुन लागेको हो ।यस अघि  न्यायधिश सुष्मालता माथेमाको एकल इजलाशले धिरजप्रताप सिंहलाई आईजीपी बनाउनु र विश्वराज पोखरेललाई आईजीपी नबनाएको विषयमा कारण देखाउ आदेश जारी गरेको थियो  ।  आज दुवै पक्षबीच यस मुद्दामा बहस हुन लागेको हो । सरकारले आफूभन्दा कनिष्ठलाई प्रहरी प्रमुख बनाएको भन्दै अतिरिक्त महानिरीक्षक विश्वराज पोख्रेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले रिटमा सरकारले आफुभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै सरकारको निर्णय कार्यन्वयन नगर्नको लागि अन्तरिम आदेशको माग गरेका थिए। अदालतले यस अघिको सुनुवाईमा उनको मागमा अन्तरिम आदेश दिएको थिएँन । त्यस्तै उनले सिंह भन्दा आफु वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनको लागि परमादेश जारी गर्न माग गरेका थिए। अदालतले यस अघिको सुनुवाईमा उनको माग अनुसार परमादेश पनि जारी गर्न अस्विकार गरेको थियो  । विश्वराज पोखरेल सिंहभन्दा १६ महिनाअघि एआईजी बनेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख नियुक्त भएका हुन् । सिंहले  स्थानीय तहको निर्वाचन अगाडी नै आइजीपीको दर्ज्यानी चिह्न लगाएर कार्यभार सम्हालिसकेका छन् ।

एआईजी पोखरेलले दर्ता गरेको रिटमा आज सुनुवाइ हुँदै

काठमाण्डाै – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति बदरको माग गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गराउनुभएको रिटको आज सुनुवाइ हुँदैछ । एआईजी पोखरेलले वरिष्ठता र ज्येष्ठता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । उहाँले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्नुभएको छ । वैशाख १८ गते बसेको मन्त्रीपरिषद्ले सिंहलाई आईजीपीमा नियुक्ति गरेको थियो ।

एआईजी पोखरेलले दर्ता गरेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति बदरको माग गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको बुधबार सुनुवाई हुँदैछ । एआईजी पोखरेलले वरिष्ठता र ज्येष्ठता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। बैशाख १८ गते बसेको मन्त्रीपरिषद्ले सिंहलाई आईजीपीमा नियुक्ति गरेको थियो ।

आईजीपी नियुक्ति बदरको माग गर्दै दुई एआईजीहरु सर्वोच्चमा

काठमाडौं, १९ बैशाख । वरियता मिचेर जुनियरलाई आईजीपी बनाएको भन्दै सरकारको निर्णयविरुद्ध दुई एआईजीहरु सर्वोच्च अदालत पुगेका छन् । एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापा १६ महिना जुनियरलाई सरकारले आईजीपी नियुक्त गरेको भन्दै नियुक्त बदर गर्न मागसहितको रिट दायर गर्न अदालत पुगेका हुन् । आइबार बसेको मन्त्रिपरिषदको बैठकले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको […]