सुर्खेत : तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश योजना आयोग नै चाहिँदैन भन्दै उनको पालामा कुनै पनि पदाधिकारीको नियुक्ति नै गरेनन्। योजना आयोगको सबै काम आफैँले समालेर गर्दै आएका शाहीले कार्यकालभरी आफू अनुकूल बनाए। अघिल्लो कार्यकालको अन्तिम समयमा बजेट निर्माण गर्दा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट थिए। तत्कालीन मुख्यमन्त्री शाहीले अर्थ मन्त्रालयमा आएर आफूअनुकूलको बजेटमात्र ल्याउन दबाब दिँदै विषयगत मन्त्रालयले तोकिएको मापदण्डअनुसार बनाएको कार्यक्रमहरु तीन पटकसम्म संशो