काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मन्डलविरुद्ध विशेष अदालतमा मंगलबार मुद्धा दायर गरेको छ । शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको र त्यही आधारमा पदस्थापन पनि भएको देखिएको भन्दै मन्डलले भष्ट्रचार गरेको दाबी अख्तियारको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका-९ स्थित रामजानकी प्राविमा पढाउँद आएकी निलकुमारी यादबलाई पनि प्रतिवादी बनाइएको छ । […]