सबै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजना

सरकारले भौतिक पूर्वाधारको काममा प्राविधिक जनशक्ति अभाव हुन नदिने गरी सातवटै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय विस्तार गरेको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गत सातवटै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना गरिएको हो ।

सम्बन्धित सामग्री

म्याग्दीमा निर्माणाधीन ठूला विकास योजना अलपत्र

म्याग्दीमा निर्माणाधीन विकास योजना अलपत्र पर्ने क्रम बढेको छ । ठूला निर्माण व्यवसायीलाई राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनले संरक्षण गर्दा जिल्ला सडक, मोटरेबल पुल, भवनलगायतका विकास आयोजना अलपत्र परेको गुनासो जनताको छ । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका नौवटा सडक र मोटरेबल पुलसम्बन्धी आयोजना अलपत्र परेका छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका […]

२५ जिल्लाका यी क्षेत्रमा विस्तार गरिँदैछ विद्युतीय चार्जिङ स्टेसन

नेपाल विद्युत्‌ प्राधिकरणले विद्युत्‌ीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशकामुख्य राजमार्ग,बसपार्क र ठूला शहरहरू पर्ने ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण भइहेको छ ।

दमक सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड ऋण लगानी गर्ने

शहरी पूर्वाधार विकास आयोजना अन्तरगतको हालसम्मकै ठूलो आयोजना दमक सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । कुल ६१ करोड रुपैयाँ (अनुमानित) लागतको उक्त सपिङ कम्प्लेक्समा कोषले ४२ करोड रुपैयाँ ऋण प्रवाह गर्ने गरी हालैमात्र आयोजनासँग सम्झौता गरेको हो । ‘दमक सपिङ कम्प्लेक्स’ आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको हो ।कोषको नगरपालिकाहरूमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस

गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

मार्तडी, ३० पुस: बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताए । यसैगरी बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमूना सहर विकास आयोजना र बडीमालिका औद्योगिक क्षेत्र […]

‘कालोधन’सँग दलहरुको खेलाँची

१४ असोज, काठमाडौं । सरकारले बजेट वक्तव्यमार्फत आयकर ऐन २०५८ संशोधनको प्रस्ताव राख्यो । ऐनको दफा ११ मा ‘राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजना तथा उद्योगलाई सहुलियत’ शीर्षकको व्यवस्थामा निम्न विषयवस्तु थप्न खोजिएको थियो । ‘राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्गजस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन […]

५० ठाउँमा विद्युतीय गाडीको चार्जिङ स्टेशन बनाउन ठेक्का सम्झौता

काठमाण्डाै – सात प्रदेशका विभिन्न ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेड, जियाङ्स बीच मङ्गलवार ३७ करोड ७९ लाख ५५ हजार रुपियाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो । एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेशन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ । ...

गोरखाको चारवटा सडकखण्ड कालोपत्रे हुने

गोरखाको चारवटा सडकखण्ड कालोपत्रेका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विभाग र सम्बन्धित स्थानीय तहका प्रमुखबीच सडक कालोपत्रे गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सहिद लखन, वारपाक सुलिकोट, गण्डकी र चुमनुब्री गाउँपालिकाका प्रतिनिधि र स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराका प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।संघीय सरकारको प्रादेशिक एवं स्थानीय सडक […]

पक्की सडक निर्माणका लागि कर्णालीका ४० स्थानीय तह छनोट

सुर्खेत-संघीय सरकारले आइतबार शुभारम्भ गरेको स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माण योजनाअन्तर्गत कर्णाली प्रदेशमा १८ वटा स्थानीयसँंग सम्झौता भएको छ ।स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, कर्णाली प्रदेश सुर्खेत, कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशका विभिन्न १८ स्थानीय तहबीच सम्झौता भएको हो । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले […]

बाग्मती प्रदेश सरकारले गोसाइँकुण्ड एकीकृत विकास आयोजना शुरु गर्ने

हेटौंडा । वाग्मती प्रदेश सरकारले रसुवाको गोसाइँकुण्ड एकीकृत विकास आयोजना निर्माणपूर्वका सम्पूर्ण तयारी सकेको जनाइएको छ । आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम सकिएकाले केही दिनमै बोलपत्र आह्वान गरिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बहुवर्षीय योजनाका रुपमा प्रदेश सरकारले अगाडि सारेका आयोजनाका लागि चालू आर्थिक वर्षमा रु पाँच करोड ४१ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । आयोजनाअन्तर्गत गोसाइँकुण्डमा बाटो, बत्ती, पाटी, पौवा, शौचालय, नाचघर, पैदलमार्गलगायत संरचना नि