गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

मार्तडी, ३० पुस: बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताए । यसैगरी बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमूना सहर विकास आयोजना र बडीमालिका औद्योगिक क्षेत्र […]

सम्बन्धित सामग्री

गण्डकीको बजेट सिलिङ घट्यो, प्राथमिकतामा कृषि र स्वास्थ्य

गण्डकी प्रदेश सरकारले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन र सिँचाइ, प्रदेश गौरवका आयोजना, आयोजना सम्पन्नको क्रममा रहेका र रकम अभाव भएका योजनालाई जोड दिएको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ ।

प्रतिस्पर्धी संस्थाको तुलनामा ‘सीआइटी’ मा आकर्षण बढ्दो छ : राजस्व सचिव घिमिरे

काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरले प्रतिस्पर्धी संस्थाको तुलनामा नागरिक लगानी कोष ‘सीआइटी’प्रति आकर्षण बढेर गएको बताएका छन् । कोषको ३३औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै घिमिरले समयानुकूल आफूलाई परिमार्जित गर्दा कोषमा अन्यको तुलनामा आकर्षण बढ्दै गएको बताएका हुन् । कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कारोबारमा समेत सहजता आएको उनले बताए । ‘विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको छ,’ घिमिरेले भने । कोष सञ्चालक समितिका अध्यक्ष प्राध्यापक डा. सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ उद्यत रहेको बताए । देशको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउन एवं रोजगारी सृजना गर्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा उनले जोड दिए । कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत र साधनअनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको उनको भनाइ छ । कोषले संकलन गरेको बचत रकमलाई आगामी दिनमा अझ बढी राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरिने र सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी एवं लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गरिने अध्यक्ष थापाले बताए । कोषका कार्यकारी निर्देशक रमण नेपालले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ रहेको र सोही अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको बताए । उनका अनुसार कोषले हालसम्म मुद्दती निक्षेपमा १ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ, धितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख रुपैयाँ र समकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । पुस मसान्तसम्ममा अधिकृत पूँजी र जारी पूँजी ८ अर्ब रुपैयाँ रहेको कोषको चुक्तापूँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ छ । कोषले लगानी गर्दा सुरक्षित र प्रतिफलमूखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउँदै जाने नेपालको भनाइ छ । कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकतादेखि नयाँ सफ्टवेयर सञ्चालनमा आइसकेको बताउँदै नेपालले भने, ‘राष्ट्रसेवक कर्मचारीको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्यास प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिएको छ भने सबै सहभागीलाई सापटी तथा अन्तिम भुक्तानी एनसीएचएलको कनेक्ट आइपिएसमार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठित संस्थाको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाइएको छ ।’ कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको उनले बताए । कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थालाई आबद्ध गर्न र ती संस्थाको दीर्घकालिन दायित्वलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर विराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय सञ्चालन गरिएको नेपालले जानकारी गराए । कार्यक्रममा २० वर्षे सेवा अवधि पुरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ट कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेशमा बजेट : प्राथमिकतामा गौरवका आयोजना

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, जलविद्युत्, सिँचाइ, शिक्षा, सडक-पूर्वाधार र सुरुङमार्गलगायतका आयोजनालाई प्राथमिकता दिइएको छ ।

लुम्बिनी प्रदेशमा बजेट : प्राथमिकतामा गौरवका आयोजना

लुम्बिनी, १६ जेठ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९ ÷८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, जलविद्युत्, सिँचाइ, शिक्षा, सडक–पूर्वाधार र सुरुङमार्गलगायतका आयोजनालाई प्राथमिकता दिइएको छ । शिक्षा तथा स्वास्थ्य सेवा […]

बाह्य पर्यटक आगमनमा उत्साह

काठमाडौं । पछिल्लो समय नेपालमा बाह्य पर्यटक आगमनमा उत्साह देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो महिनाको तुलनामा सेप्टेम्बरमा बाह्य पर्यटक झन्डै दोब्बरले बढेको छ । बोर्डको तथ्यांक अनुसार सन् २०२१ को अगष्टमा ५ हजार ९१७ विदेशी पर्यटक नेपाल आएकोमा सेप्टेम्बरमा बढेर ९ हाजर ८९८ पुगेको छ । यस वर्षको सेप्टेम्बरसम्ममा ७६ हजार ८६४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका काम कारबाही प्रभावकारी रूपमा अघि बढेका छन् । पर्यटनमन्त्रीको आगमनसँगै मन्त्रालय मातहत रहेका कतिपय निकायको समस्या सुधारोन्मुख देखिएको छ । राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई सुदृढ र प्रभावकारी बनाउने योजना अनुरूप पर्यटनमन्त्री प्रेम आलेले निगम सुधारका लागि प्रयास थालेका छन् । असोज २२ गते नियुक्त भएका पर्यटनमन्त्री आलेले निगमभित्र विगत १०४ दिनदेखि जारी कर्मचारी ड्रेड युनियनको आन्दोलन स्थगित गराएर समस्या समाधानका लागि पहलकदमी लिएका छन् । निगमलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारीले लामोसमय आन्दोलन गर्दा संस्थाका सम्पूर्ण काम कारबाही प्रभावित भएको थियो । निगमका महाप्रबन्धक १०२ दिनदेखि कार्यालय पुग्न सकेका थिएनन् । अहिले सहज वातावरण सृजना भएको छ । निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालनका लागि काम भइरहेको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कामलाई पनि प्रभावकारी बनाइएको छ । हालै प्रधानमन्त्री देउवाले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरी काम प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिँदै सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । यी दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना हुन् । अन्तरराष्ट्रिय रूपमा पनि नेपालको पर्यटनका लागि सहज वातावरण बन्दै गएको छ । रासस

वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै

जेठ ३०, हेटौँडा । वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी असार १ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तय भएको बताएका छन् । मन्त्री ढुंगेलले आइतवार संक्षिप्त कुराकानी गर्दै आगामी बजेट प्रदेशका १३ ओटै जिल्लालाई कोभिड संक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताए । उनले प्रदेशका सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ बजेट विनियोजित गरिने उल्लेख गरे । उनले प्रदेशमा कोभिड–१९ संक्रमणबाट प्रभावित विपन्न, दलित, आदिवासी जनजातिका परिवारलाई आयआर्जन गर्ने आर्थिक प्याकेज र उच्च शिक्षाको गुणस्तरीय वृद्धि गर्न प्रदेशमा विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य राखिएको बताए । मन्त्री ढुंगेलले प्रमुख प्रतिपक्षसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण गर्ने र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि संघीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिए । उनले सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहकार्य गरेर सबै जिल्लामा भौतिक पूर्वाधार, पर्यटन क्षेत्रको विस्तारमा गुरुयोजना तर्जुमा, कृषि, सडक, सिँचाइ, खानेपानी, सुकुम्बासीलाई स्थायी बसोबास गराउने र आवश्यकताअनुरुप प्रदेशमा पुष्पलाल चक्रपथ सडक सञ्जाललाई जोड्न बजेट विनियोजन गरिने उल्लेख गरे । उनले आगामी आर्थिक वर्षको वैशाखसम्ममा उपत्यकालगायत सात स्थानमा विद्युतीय बस सञ्चालन गर्नेतर्फ कार्यतालिका गरिसकिएको र आगामी छ महीनाभित्रै ३० विद्युतीय बस खरीद गरी ल्याउनेतर्फ बोलपत्र आह्वान भइसकिएको तथा आगामी असार ७ गतेभित्रै उक्त बोलपत्रमा सम्झौता गरिनेतर्फ सम्बन्धित निकायले प्रक्रिया शुरु गरिसकिएको जानकारी दिए ।  मन्त्री ढुंगेलले अघिल्लो आव २०७७/७८ मा करीब रू. ५२ अर्बको बजेट ल्याएको भए पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले केही प्रतिशत वृद्धि गरेर करीब रू. ५४ अर्बको बजेट ल्याइने सम्भावना रहेको जानकारी दिए । रासस

कुडा कर्णालीकाः समृद्धिको बौद्धिक बहस

स्रोत साधनले कर्णाली मुलुककै आत्मनिर्भर प्रदेश हो । यहाँका बहुमूल्य जडिबुटि, कृषि सम्भावना, पर्यटनको फराकिलो दिर्घकालिन भविष्य कर्णाली बाहेक अन्य प्रदेशको कमै देखिन्छ । तर, लगानी अभावकै कारण यहाँका सम्भावनाहरू अवसरमा रुपान्तरण हुन सकेका छैनन् । युवाहरूमा आफ्नै ठाउँमा भविष्य नदेख्ने प्रवृत्तिको विकास भएको छ । विकासको अनुभूति दिने यहाँका गौरवका आयोजना दशकौंदेखि अलपत्र छन् । अनि कसरी हुन्छ समृद्ध कर्णाली ? कर्णाली सरकारले समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको नारा तय गरेको थियो । त्यहि आधारमा रोजगारी सृजना, उद्योग कलकारखामा लगानी, कृषि पर्यटन, जडिबुटि क्षेत्रलाई लगानी गर्नुपर्ने हो । तर नारा अनुसारको काम प्रदेश सरकार गर्न सकेन । फलस्परुप कर्णाली अहिले पनि उस्तै छ ।

राष्ट्रिय गौरवका आयोजना अर्थात् विलम्बको पराकाष्ठा

अर्थतन्त्रको जीवनरेखाका रूपमा रहेका ऊर्जा, सडक, रेल, सिँचाइ, खानेपानी र पर्यटन क्षेत्रका ठूला आयोजनहरूलाई राज्यले राष्ट्रिय गौरवका आयोजनाको दज्र्यानी दिएको छ । मुलुकको आर्थिक विकास, सामाजिक रूपान्तरण, रोजगारी सिर्जना, पुँजी निर्माण र क्षेत्रीय सन्तुलन कायम गर्न यी आयोजनाहरू कोसेढुंगा हुने कुरामा कुनै सन्देह रहँदैन ।

राष्ट्रिय गौरवका आयोजना निर्माण कार्यमा सुस्तता, काम तीव्र गतिमा बढाउन निर्देशन

व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भैरहवा, निजगढ र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाई नगर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले भैरहवा विमानस्थल निर्माणको काम सम्पन्न गर्नेगरी चिनियाँ ठेकेदार कम्पनीसँग भएको सम्झौताको समय आवश्यकता अनुसार थप गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई निर्देशन दिएको छ। चिनियाँ ठेकेदार कम्पनीले हालसम्म…