नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दले पर्सिक कदिरी एफसीबाट इन्डोनेसियाको लिगा वान फुटबल खेल्ने भएका छन् । डिफेन्सिभ मिडफिल्डर रोहितलाई अनुबन्ध गरेको पर्सिकले आइतबार सामाजिक संजाल फेसबुकबाट जनाएको छ ।यसअघि रोहितले इन्डोनेसियन लिग पर्सिजा जकार्ताबाट खेलेका थिए । रोहितले यसै साता पर्सिजा छोडेको जनाएका थिए । रोहित २०१७ मा जकार्तामा अनुबन्धित भएका थिए । जकार्ताका लागि रोहितले लिगसहित ४ उपाधि जितेका थिए । रोहितका लागि यो दोस्रो इन्डोनेसियन क्लब हो ।