नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।नेपालले थाइल्यान्डसँग २४  मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुनेछ ।एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् । 

सम्बन्धित सामग्री

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

२७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनसँग दुई खेल खेल्नुअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेल यही मार्च १५ अर्थात चैत २ गते मलेसियामा हुने एन्फा महासचिव किरण राईले जानकारी […]

कामपा  जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं : महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताएकी छन्।सोमबार महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताइन्।उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाणडाै – नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका पाँच बजे सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्दैछ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन् । त्यसबेला नेपाल २–१ गोलले पराजित भएको...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र पाकिस्तान भिड्ने

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो । पाकिस्तानविरुद्धको खेल […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र पाकिस्तान भिड्ने

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि (मंगलबार) साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो । पाकिस्तानविरुद्धको …

नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज

१८ माघ, काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी […]

हाम्रो पात्रोले नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दोस्रो खेल हाम्रो पात्रोले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

नेपाल–भारत मैत्रीपूर्ण फुटबल सुरु

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ। खेल केहीबेरअघि ५ः३० बजेदेखि सुरु भएको छ। आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी नेपाल–भारतबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। कप्तान...

साफअघि नेपालले भारतविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिमले भदौ १७ र २० गते दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। एन्फाले शुक्रबार भारतविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो। साफ च्याम्पियनसिपका लागि पनि एन्फाले प्रस्ताव पठाएको छ। उक्त प्रतियोगिताका लागि नेपाल र माल्दिभ्सले आयोजनाको दाबी गरेको छ। पछिल्लो पटक नेपालले भारतविरुद्ध २०१७ मा मैत्रीपूर्ण फुटबल खेलेको थियो।