नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ गरेको छ । शुक्रबार उक्त संगठनले कालीमाटीस्थित निगमको कार्यालय घेराउ गरेको हो ।विरोध प्रदर्शनका क्रममा सो संगठनका कार्यकर्ताले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।