सुर्खेत : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सुर्खेतका विद्यार्थीले नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरेका छन्।नेकपा एमालेनिकट अनेरास्ववियूका विद्यार्थी बिहीबार मूल्यवृद्धिको विरोधमा कार्यालय घेराउ गरेका हुन्। साथै विद्यार्थीले कार्यालयमा केही समय धर्नासमेत दिएका थिए।पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेका विद्यार्थीले चरणबद आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल आयल निगमले माघ ५ गते बुधबार राति १२ बजेबाट लागू हुने गरी प