काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्तै फिर्ता लिन माग गरेको छ।आज अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति निकालेर जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकार आयल निगम र सम्बन्धित निकायसँग माग गरेका छन्।जनतालाई राहत दिनुको सट्टा पटक पटक मूल्यवृद्धि गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बनेको अखिल क्रान्तिकारीको आरोप छ। साथ