हेटौंडा : लामो समयदेखि आर्थिक संकट झेलिरहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले मूल्य घटाउँदा पनि सिमेन्ट बिक्री हुन सकेको छैन। चार वर्षदेखि निरन्तर घाटामा चलिरहेको उद्योगले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न भन्दै ४० रुपैयाँ घटाउँदा पनि बिक्री नभएको हो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार गत आइतबारदेखि उद्योगले सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँले घटाएको थियो। मूल्य घटाए पनि सिमेन्टको बिक्री अपेक्षाकृत रूपमा नभएको उनले बताए। करिब ९ सय रूपैयाँ लागतमा स