हेटौंडा : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको ३ महिनापछि फेरि सञ्चालनमा आएको छ।निरन्तर घाटामा गएर बन्द भएको उद्योगले ३ महिनापछि मंगलबार उत्पादन पुनः शुरु गरेको हो। ४ वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग सञ्चालनका लागि कोइलाको अभाव भएपछि ३ महिनायता उत्पादन ठप्प भएको थियो।तर विभिन्न निकायबाट करिब एक हजार टन कोइला सहयोग पाएपछि मंगलबार उद्योगले पुनः उत्पादन थालेको हो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार उद्योगसँग हाल २/३ दिन चलाउन पुग्ने परिमाणम