चेम्बर भवन, जमल, काठमाडौंमा मुख्य कार्यालय रहेको माछापुछ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।
काठमाडौँ- धितोपत्र बोर्डबाट सिटी होटलले आइपीओ जारी गर्न अनुमति पाएको छ । होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति साढे अठार हजारको दरले भदौं २९ गतेदेखि नयाँ नोट साटही गर्ने भएको छ। बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन तथा सब स्टेसनको उद्घाटन सम्पन्न भएको छ। एनआईबिएल एस क्यापिटलले पायो विशिष्टीकृत लगानी कोष स्थापनाको अनुमति प्राप्त गरेको छ। आइतबारदेखि मनकामना केबलकार पुनः सञ्चालन हुने भएको छ। यती एयरलाइन्सले ७० सीट क्षमताको नयाँ विमान थप गरेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष स्थापनाको अनुमति पाएको छ । क्यापिटलले विशिष्टीकृत लगानी कोष स्थापना नियमावली, २०७५ अन्तर्गत आइतबार धितोपत्र बोर्डमार्फत कोष व्यवस्थापकको अनुमति पाएको हो ।क्यापिटलले नेपालको पूँजी बजारमा विशिष्टीकृत लगानी कोष अन्तर्गत विभिन्न कोषहरु सञ्चालन गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति प्राप्त गरेको हो ।विशिष्टीकृत लगानी कोष नियमावलीे, २०७५ एवं निर्देशिका तथा प्रचलित नियम कान
प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागि एक कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रभु विक्री प्रबन्ध बनेको सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्सको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।
एनएमबि क्यापिटलले नयाँ सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ संचालनको लागि बोर्डबाट अनुमति पाएको हो ।बोर्डले साउन ५ गते योजना संचालनको लागि अनुमति प्रदान गरेको हो । यो योजनाको आकार १ अर्ब २० करोड रहेको छ । यो बन्द मुखी योजना हो । योजना अन्तर्गत १० रुपैयाँ अंकित दरका १२ करोड इकाईहरु निष्काशन हुने छन् ।हाल क्यापिटलले ३ वटा म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ। क्यापिटलले बन्दमुखी तर्फ एनएमबि हाइब्रिड फण्ड एल १ , र एनएमबि ५० योजना संचालन गरिरहेको छ भने खुलामुखी तर्फ एनएमबी सरल बचत फण्ड ई संचालन गरिरहेको छ।
वैशाख २८, काठमाडौं । कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
क्यापिटलले कुमारी धनवृद्धि योजना नामक फण्ड सञ्चालनको लागि बोर्डबाट वैशाख २२ गते अनुमति पाएको हो । फण्डले प्रतिइकाइ रू. १० का १२ करोड इकाइ निष्कासन गर्नेछ । योजना ब्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले शेयर निष्काशन गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतार आइतबार सम्पन्न भएको हो ।सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । कम्पनीले भोजपुरको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ
काठमाडौं, २७ फागुन । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले […]
मैलुङ खोला जलविद्युत आयोजनाले आईपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले २०७४ माघ १८ गते आइपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । आजै मात्र यसमो आइपिओ निष्काशनका लागि अनुमति दिइएको नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए । मैलुङले ७ लाख ३६ हजार २ सय ८६ कित्ता निष्काशनको लागि अनुमति मागेको थियो । सय रुपैयाँ अंकित दरमा यसले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ । यसको बिक्रि प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।&nb