'धितोपत्र बोर्डले अहिले भईरहेका ब्रोकरको डिग्नीटी माथि प्रहार गर्यो' : अध्यक्ष मैनाली

नेपाल धितोपत्र बोर्डले  धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने निर्णय गरेकोमा ब्रोकरहरुले अशन्तुष्टी जनाएका छन्  । मुख्य सरोकारवालाको रुपमा रहेको ब्रोकरहरुसँग छलफल नै नगरी बोर्डले एकतर्फी रुपमा नियमावलीको मस्यौदा पारित गरेको प्रति ब्रोकरहरुले गुनासो गरेका हुन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले आफुहरुसँग पनि छलफल गरेर नियमावली आओस् भन्ने चाहना रहेकोमा सो हुन नसकेको बताए ।  त्यस्तै बिना कुनै अध्ययन एकतर्फी आरोप लगाएर ब्रोकर संख्या थप्न लागेको उनले बताए।  अहिलेका ब्रोकरबाट बजार विस्तार हुन नसकेको एकहोरो आरोप लगाईएको तर विस्तारको लागि ब्रोकरहरुले अनुमति माग गर्दा धितोपत्र  बोर्डले नै अनुमति नदिएको उनको गुनसो छ । अहिलेका ब्रोकरबाट बजार विस्तार हुन नसकेको भन्ने विषयलाई नै आधार मानेर संख्या थप गर्न लागेको र त्यो  गलत भएको उनले बताए। उनले भने 'हामीले विस्तारको लागि अनुमति माग्दा बोर्डले नै शाखा खोल्ने अनुमति दिएन , अन्य मोडलमा छलफल गर्न पनि बोर्डले चाहेन, हामीले सेवा विस्तारको विषयमा पनि वर्षौ देखि बोर्डमा माग गर्दा पनि बोर्डले सुनुवाई गरेन,  यस्तो अवस्थामा पहुँच नपुग्नु त् दोषी बोर्ड नै हो' । बोर्डले ब्रोकरलाई नै दोषी देखाएर अहिले नयाँ नियमावली ल्याउँदा ब्रोकरको प्रतिष्ठामाथि नै प्रहार भएको उनको भनाई छ। संख्या थप्न लागिएकोमा गुनासो नभएको भने उनले प्रष्ट पारे। तर संख्या थप्नु अगाडी हाल भएका ब्रोकरलाई शाखा विस्तारको वातावरण बनाउनु पर्न  उनको भनाई छ । त्यसपछि पनि ब्रोकरले विस्तार नगरेको देखिए बल्ल जे गर्दा पनि आफुलाई सह्य हुने उनले बताए । उनले भने 'अहिलेकै अवस्थामा हाम्रो यस्तो वर्षदेखिको डिग्निटी, इमान्दारीता मार्ने काम भयो, इज्जतमाथि प्रहार भयो'। उनले आजको दिनसम्ममा शाखा खोल्नको लागि अनुमति दिएको सबै ठाउँमा  ब्रोकर गएर काम गरिरहेको बताए ।  त्यस्तै उनले यसबारे अध्ययन पनि नगरेको बताए । त्यस्तै उनले अहिले प्रस्ताव गरिएको मोडलप्रति पनि प्रश्न उठाएका छन् । उनले त्यसको दिगोपनामा प्रश्न उठाएका छन् । ब्रोकर सेवा मात्र दिनको लागि २० करोड लगानी गर्नु पर्ने र अन्य काम गर्नको लागि ६० करोड लगानी गर्नु कति उचित हो भन्दै प्रश्न गरेका छन् । उनले भने 'हाम्रो बजार यहि, अर्थतन्त्र यहि हो , अर्थतन्त्रको तुलनामा बजार धेरै बढ्दैन, बोर्डले अहिलेको प्रस्ताव गर्दै गर्दा के को आधारमा गरेको हो, कति वर्षको प्रोजेक्सन गरेको हो, सस्टेन हुन सक्छ नि हुदैन, भन्ने विषयमा अध्ययन भएको छ कि छैन, अहिले नियामकले यो मोडल अनुसार अगाडी लैजाने तर भोलि केहि दुर्घटना भयो भने कसले जिम्मेवारी लिने, यो नै हाम्रो कन्सर्न हो?' यद्यपि उनले संस्थागत रुपमा यसबारे छलफल हुन बाँकि रहेको र संस्थागत रुपमा छलफल गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी

स्थ्य बीमा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बोर्डले जिल्लास्थित कार्यालयका लागि करार सेवामा १४३ जना दर्ता अधिकारी माग गरेको हो।

पर्यटन बोर्डले नयाँ सवारीमा विद्युतीय मात्र किन्ने

११ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले सवारी साधन खरीद गर्नु परे विद्युतीय मात्र खरीद गर्ने घोषणा गरेको छ । चालु आर्थिक वर्ष कार्यान्वयनमा आएको दुई महिना पछि बजेट ल्याएको बोर्डले बजेटमार्फत यस्तो घोषणा गरेको हो । बोर्डको बजेटमा भनिएको छ, ‘दैनिक आवतजावतका लागि प्रयोग हुने गरी खरीद गरिने सवारी साधन खरीद गर्दा विद्युत सवारी […]

राष्ट्रिय परीक्षा बोर्डले एकीकृत प्रमाणपत्र दिने

२२ जेठ, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन थालेको छ। २०७२ सालयता पटक पटक परीक्षा दिँदा प्रमाण पत्र धेरै वटा हुँदा विद्यार्थीलाई समस्या भइरहेको गुनासो आएपछि बोर्डले एकीकृत प्रमाणपत्र दिन थालेको जनाएको छ । बोर्डले नियमित एक पटक र तीन वटा परीक्षाको प्रमाणपत्र अर्थात बढीमा चार वटा प्रमाणपत्रको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन […]

धितोपत्र बोर्डले माग्यो दुई दर्जन कर्मचारी

२८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई दर्जन नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेको छ । बोर्डले निर्देशक, सहायक निर्देशक र बरिष्ठ सहायक गरी दुई दर्जन कर्मचारीबाट आवेदन माग गरेको हो । अधिकृत द्वितिय श्रेणीका पदहरुको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अधिकृत तृतीय श्रेणीका पदको हकमा ३५ वर्ष ननाघेको […]

विज्ञापन बोर्डले सच्यायो सहकारीसम्बन्धी  विज्ञापन

विज्ञापन बोर्डले सहकारीसम्बन्धी जनचेतनामूलक विज्ञापन सच्याएको छ । ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने सहकारीसम्बन्धी  जारी भएको लोककल्याणकरी विज्ञापन बोर्डले आइतबार सच्याएको हो । सहकारी क्षेत्रलाई नै असर पार्नेगरी विज्ञापन बोर्डले विज्ञापन बनाएको भन्दै चौतर्फी विरोध भएसँगै विज्ञापन सच्याएको हो । नयाँ सूचनामा बोर्ड सहकारी भन्ने ब्यहोरामा बैंक, वित्तीय संस्था र सहकारी भन्ने शब्दावली थपेको छ । जसले सम्पूर्ण बैंकिङ क्षेत्र भन्ने हुने भन्दै बोर्डले आफ्नो पूर्व विज्ञापन सच्याएको ज

‘स्टोरी बैंक’का लागि विकास बोर्डले छान्यो २० चलचित्र

चलचित्र विकास बोर्डले स्टोरी बैंकका लागि आवेदनमा परेका २० वटा नेपाली चलचित्र छनोट गरेको छ । विकास बोर्डले जारी गरेको सुचना अनुसार १० लघु चलचित्र र १०  फिचर चलचित्र गरी...

स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने

काठमाडौं, चैत २३ गते । स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ । बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको विहिबार आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको थियो ।चैत्र २५ गते सार्वजनिक गरिने यस एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने बोर्डका सूचना अधिकारी सोभियत रिजालले बताए । एचआईबी नामक मोबाइल एप्लिकेसन स्वास्थ्य बीमा दिवसको

धितोपत्र बोर्डले शुक्रबार जुमबाट लगानीकर्तालाई प्रशिक्षण दिदै

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई प्रशिक्षण दिने भएको छ । ग्लोबल मनी विक २०२२ को अवसरमा बोर्डले लगानीकर्तालाई अवयरनेस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  बोर्डले सामुहिक लगानी कोष र क्रेडिट रेटिङ्गका आधारभूत विषयमा चैत ११ गते शुक्रबार जुमबाट प्रशिक्षण दिने भएको छ ।शुक्रबार दिउँसो १ः३० बजेदेखि आयोजना गरिने कार्यक्रम नेपाल धितोपत्र बोर्डले आयोजना गर्ने भएको हो...

लगानी बोर्डले रणनीतिक योजना सार्वजनिक गर्ने

लगानी बोर्डले पाँचवर्षे व्यावसायिक योजनासहितको रणनीतिक योजना (२०७८–८२) सार्वजनिक गर्ने भएको छ।