जनशक्ति अभावमा रौतहटको सरकारी अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आएको छैन । अस्पतालमा रहेको १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन थन्किएको हो । कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा धमाधम बाहिर रेफर गर्न थालिएको छ ।
कोरोना संक्रमणको पहिलो लहर चलेकै बेला सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्न प्रक्रिया थालिएको थियो। २०७७ असोजसम्म पहाडी जिल्लाका अस्पतालहरूमा भेन्टिलेटर जडान गरिए। तर कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिरहँदा पनि डडेल्धु...
संघ सरकारले अर्घाखाँची अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको महिना दिन बित्यो । तर, जनशक्ति अभावमा प्रयोगमा आउन सकेको छैन । भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमणका बिरामीलाई काठमाडौं र बुटवल पठाउनुपर्ने बाध्यता छ ।
काठमाडौं । दाताले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो भेन्टिलेटर अहिले विभिन्न अस्पतालका स्टोरमा थन्किएका छन् ।कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १४ भेन्टिलेटर छन् । तर, सञ्चालनमा आठ मात्रै छन् । महामारीका वेला केन्द्रबाट पठाइएका तीनमध्ये दुईवटा स्टोरमा थन्क्याएर राखिएको छ । जडान गर्ने जनशक्ति नहुँदा ती भेन्टिलेटर थन्किएका हुन् । कोभिड दोस्रो लहरको हटस्पट बनेको सुदूरपश्चिममा नियति अझ दर्दनाक छ । उपचार […]
भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति नहुँदा जिल्ला अस्पताल हुम्लामा भेन्टिलेटर थन्किएका छन्। जिल्ला अस्पतालमा रहेका २ थान भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति तथा सम्बन्धित उपकरणको अभावमा दुवै मेसिन थन्किएर बसेका हुन्।
१२ वैशाख, धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीया पुरुष गत चैत २९ गते भारतबाट घर फर्किएका थिए । भारतको तमिलनाडुमा रोजगारी गर्दै आएका उनी दोस्रो लहरको कोरोनाभाइरसको संक्रमण तीव्र बनेका कारण जोगिन घर फर्किएका थिए । वैशाख १ गते जिल्ला अस्पताल सिमखेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसिरहेका थिए […]
मनाङ । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरण अभाव त कहिले जनशक्ति अभाव थेग्दै आएको छ ।
हाल अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । २०७७ असारमा प्रदेश सरकारले अस्पताललाई दुइटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।
अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समय भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो ।
मनाङमा दुई मात्र चिकित्सक डा. प्रतिभा गौली र डा. सन्तोष अधिकारी कार्यरत छन् । ‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन् तर जडान गरिएको छैन’, डा. अधिकारीले भने, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो । जनशक्ति अभावले सेवा प्रवाहमा समस्या छ ।’
डा. प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मातहात झन्डै २० करोड रुपैयाँ लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको डा. गौली बताउँछिन् ।
भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ ।
डा. अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्न प्रयोग गरिन्छ । अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ ।
जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए । उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा. प्रतिभा गौली, डा. सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन् ।
दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ, त्यसको तयारी हुनु जरुरी रहेको अनुभव डा. अधिकारीको छ ।
कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै संक्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जिल्लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा. अधिकारीले बताए । स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला जटिल बिरामी भए समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुन सक्छ । रासस