जनशक्ति नहुँदा थन्किए भेन्टिलेटर

संघ सरकारले अर्घाखाँची अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको महिना दिन बित्यो । तर, जनशक्ति अभावमा प्रयोगमा आउन सकेको छैन । भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमणका बिरामीलाई काठमाडौं र बुटवल पठाउनुपर्ने बाध्यता छ ।

सम्बन्धित सामग्री

गोदाममै थन्किए आइसियु र भेन्टिलेटर

२१ जनाको दरबन्दी रहेको एक मात्र सरुवा रोग अस्पतालमा विशेषज्ञ जनशक्ति अभावसँगै बिरामी नआउँदा अस्पतालको गोदाममै महँगो मूल्यमा खरिद गरिएका आईसियु र भेन्टिलेटर थन्किएका हुन्।...

गोदाममै थन्किए आइसियु र भेन्टिलेटर

२१ जनाको दरबन्दी रहेको एक मात्र सरुवा रोग अस्पतालमा विशेषज्ञ जनशक्ति अभावसँगै बिरामी नआउँदा अस्पतालको गोदाममै महँगो मूल्यमा खरिद गरिएका आईसियु र भेन्टिलेटर थन्किएका हुन्।...

जनशक्ति अभावले थन्किए भेन्टिलेटर, गम्भीर अवस्थामा पोखरा दौडन बाध्य धवलागिरिवासी

पर्वत : साविकको धौलागिरि अञ्चलका चार जिल्लामध्ये पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दालाई तीन वर्षअघि पर्वत अस्पतालमा ‘भेन्टिलेटर’ को सुविधा पनि शुरु हुने भयो भन्ने खबर सुन्दा खुसी मिलेको थियो। आईसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा यी जिल्लाका बासिन्दा पोखरा जानुपर्ने बाध्यता छ।पोखरा जानका लागि पर्वत सदरमुकाम कुश्मा बजार हुँदै जानुपर्छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत शिवालचोकबाट ५-७ मिनेटमै अस्पताल पुगिन्छ। गम्भीर अवस्थामा पोखरा लैजानु परेको अवस्थामा पर्वत अस्पतालमा शुरु गरिएक

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए

म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्वसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा रु. एक करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच श्यया क्षमताको  आइसियू कक्ष स्थापना गरेको थियो । ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा,

जनशक्ति नहुँदा थन्किए भेन्टिलेटर समस्यामा संक्रमित

कोरोना संक्रमणको पहिलो लहर चलेकै बेला सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्न प्रक्रिया थालिएको थियो। २०७७ असोजसम्म पहाडी जिल्लाका अस्पतालहरूमा भेन्टिलेटर जडान गरिए। तर कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिरहँदा पनि डडेल्धु...

जनशक्ति अभावमा यतिकै थन्किए आइसियु र भेन्टीलेटर

कोभिड–१९ संक्रमितले आइसियु वा भेन्टीलेटर त परै जाओस् पर्याप्त अक्सीजनसमेत नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको दृष्टान्त हामीमाझ धेरै छन्। तर, लमजुङमा भने आइसियु र भेन्टीलेटर भएपनि अस्पतालमामा दक्ष जनशक्तीको अभावमा प्रयोगमा...

दातृ निकायले एअरलिफ्ट गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किए

काठमाडौं । दाताले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो भेन्टिलेटर अहिले विभिन्न अस्पतालका स्टोरमा थन्किएका छन् ।कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १४ भेन्टिलेटर छन् । तर, सञ्चालनमा आठ मात्रै छन् । महामारीका वेला केन्द्रबाट पठाइएका तीनमध्ये दुईवटा स्टोरमा थन्क्याएर राखिएको छ । जडान गर्ने जनशक्ति नहुँदा ती भेन्टिलेटर थन्किएका हुन् । कोभिड दोस्रो लहरको हटस्पट बनेको सुदूरपश्चिममा नियति अझ दर्दनाक छ । उपचार […]

दक्ष जनशक्ति अभावमा अस्पतालमा थन्किए भेन्टिलेटर

भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति नहुँदा जिल्ला अस्पताल हुम्लामा भेन्टिलेटर थन्किएका छन्। जिल्ला अस्पतालमा रहेका २ थान भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति तथा सम्बन्धित उपकरणको अभावमा दुवै मेसिन थन्किएर बसेका हुन्।

सुदूरपश्चिमका अस्पतालमा जनशक्ति नहुँदा आईसीयू र भेन्टिलेटर थन्किए

१२ वैशाख, धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीया पुरुष गत चैत २९ गते भारतबाट घर फर्किएका थिए । भारतको तमिलनाडुमा रोजगारी गर्दै आएका उनी दोस्रो लहरको कोरोनाभाइरसको संक्रमण तीव्र बनेका कारण जोगिन घर फर्किएका थिए । वैशाख १ गते जिल्ला अस्पताल सिमखेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसिरहेका थिए […]

अस्पतालमा जनशक्ति अभावले थन्किए उपकरण

मनाङ । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरण अभाव त कहिले जनशक्ति अभाव थेग्दै आएको छ । हाल अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । २०७७ असारमा प्रदेश सरकारले अस्पताललाई दुइटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।      अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समय भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै  अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङमा दुई मात्र चिकित्सक डा. प्रतिभा गौली र डा. सन्तोष अधिकारी कार्यरत छन् । ‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन् तर जडान गरिएको छैन’, डा. अधिकारीले भने, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो । जनशक्ति अभावले सेवा प्रवाहमा समस्या छ ।’ डा. प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मातहात झन्डै २० करोड रुपैयाँ लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको डा. गौली बताउँछिन् ।      भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा. अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्न प्रयोग गरिन्छ । अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए । उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा. प्रतिभा गौली, डा. सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन् ।      दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ, त्यसको तयारी हुनु जरुरी रहेको अनुभव डा. अधिकारीको छ ।   कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै संक्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जिल्लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा. अधिकारीले बताए । स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला जटिल बिरामी भए समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुन सक्छ । रासस