अस्पतालमा जनशक्ति अभावले थन्किए उपकरण

मनाङ । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरण अभाव त कहिले जनशक्ति अभाव थेग्दै आएको छ । हाल अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । २०७७ असारमा प्रदेश सरकारले अस्पताललाई दुइटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।      अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समय भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै  अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङमा दुई मात्र चिकित्सक डा. प्रतिभा गौली र डा. सन्तोष अधिकारी कार्यरत छन् । ‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन् तर जडान गरिएको छैन’, डा. अधिकारीले भने, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो । जनशक्ति अभावले सेवा प्रवाहमा समस्या छ ।’ डा. प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मातहात झन्डै २० करोड रुपैयाँ लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको डा. गौली बताउँछिन् ।      भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा. अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्न प्रयोग गरिन्छ । अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए । उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा. प्रतिभा गौली, डा. सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन् ।      दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ, त्यसको तयारी हुनु जरुरी रहेको अनुभव डा. अधिकारीको छ ।   कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै संक्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जिल्लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा. अधिकारीले बताए । स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला जटिल बिरामी भए समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुन सक्छ । रासस

सम्बन्धित सामग्री

चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।

चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागार्इंले बताउनुभयो ।

महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए

लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ। यस अस्पतालमा बहिरंग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ। तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन्।...

महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए

लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ। यस अस्पतालमा बहिरंग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ। तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन्।...

महँगा स्वास्थ्य उपकरण लुम्बिनी प्रादेशिक अस्पतालका कोठामा थन्किए

दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ।

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए

म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्वसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा रु. एक करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच श्यया क्षमताको  आइसियू कक्ष स्थापना गरेको थियो । ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा,

जनशक्ति नहुँदा थन्किए उपकरण

भवन सुविधासम्पन्न छ । स्वास्थ्य उपकरण पनि पर्याप्त नै छन् । तर जनशक्ति नहुँदा रामेछाप जिल्ला अस्पतालमा भएका उपकरण पनि थन्किएका छन् ।

जनशक्ति नहुँदा थन्किए उपकरण

भवन सुविधासम्पन्न छ । स्वास्थ्य उपकरण पनि पर्याप्त नै छन् । तर जनशक्ति नहुँदा रामेछाप जिल्ला अस्पतालमा भएका उपकरण पनि थन्किएका छन् ।

जनशक्ति अभावमा करोडौं मूल्यका स्वास्थ्य उपकरण थन्किए

वैशाख ८, रुकुम ।  करोडौं रकम खर्च गरेर ल्याइएका महत्वपूर्ण स्वास्थ्य उपकरणहरु आवश्यक जनशक्ति अभावमा वर्ष दिनदेखि थन्किएका छन् । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा गएको वर्ष खरीद गरिएका भेन्टिलेटरसहितका उपकरण जनशक्ति अभावमा अस्पतालमै थन्किएका हुन् ।स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख विष्णु बुढाथोकीले जनशक्ति अभावमा भेन्टिलेटर सहितका उपकरण प्रयोगमा नआएको बताए ।  करीब १ करोड ५० लाख रुपैयाँ बराबरका भेन्टिलेटर, आईसीयू मेसिन, आईसीयू बेड, अक्सिजन लगाउने मेसिन, बिरामी जाँच गर्ने प्यासेन्ट मनिटर लगायतका महत्त्वपूर्ण सामग्री सञ्चालनमा नआएको निमित्त प्रमुख बुढाथोकीको भनाइ छ ।  जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका डाक्टर राजकुमार भुजेलले सामग्री खरीदको बेला एक दिन मात्र प्रदेश सरकारले तालिम दिएको बताए ।  एक दिनको तालिममा सहभागी स्वास्थ्यकर्मीले भेन्टिलेटर मेसिन खोल्न र बन्द गर्न मात्र सिकेको उनको भनाइ छ ।  ‘डाक्टरले भनेपछि सबै भइहाल्छ भनेर पन्छिने प्रवृत्ति भयो,’ डा भुजेलले भने, ‘महंगो सामग्री खरीद गरेर जनशक्ति व्यवस्थापन तर्फ भने कसैको ध्यान गएन ।’ थन्क्याएर राखेका भेन्टिलेटरसहितका उपकरण चलाउन क्रिटिकल केयर मेडिसिन सम्बन्धी विशेषज्ञता हासिल गरेको जनशक्ति चाहिने डा भुजेलले बताए ।   थन्किएर रहेका करोडौँका उपकरणहरु सञ्चालनको लागि उपयुक्त जनशक्ति व्यवस्थापनको लागि स्थानीय, प्रदेश र संघीय सरकारले यस विषयमा ध्यान नदिएको अस्पतालको अस्पतालको गुनासो छ । यता जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले भने अस्पतालमा रहेका यावत् समस्याहरुबारे आफूले तत्कालै समाधानका लागि पहल गर्ने जनाए  ।

अस्पतालमा थन्किए करोडौंका उपकरण

पुराना उपकरणको भरमा चलेका सरकारी अस्पतलामा अस्पताल करोडौं मूल्य पर्ने नयाँ उपकरण थन्किएका छन् । देशभरका १२ अस्पतालमा यस्ता उपकरण प्रयोगविहीन अवस्थामा छन् ।